-NRNA:डा पौडेल महासचिव पदमा औपचारिक उम्मेद्वारी घोषणा गर्न तयारी अवस्थामा

NRNA:डा पौडेल महासचिव पदमा औपचारिक उम्मेद्वारी घोषणा गर्न तयारी अवस्थामा

Hollywood Khabar September 17,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१८/१९

गैरआवासीय नेपाली संघको अक्टुवर २०१९ मा हुने महाधिवेशनमा हुने निर्वाचनमा राष्ट्रिय समन्वय परिषद अमेरिकाका निवर्तमान अध्यक्ष डा केशब पौडेलले आफू महासचिवमा औपचारिक उम्मेद्वारी घोषणा गर्न तयारी अवस्थामा बसेको बताएका छन्।

जति जति गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाअधिवेशन नजिकिंदै छ उत्ति नै रुपमा उम्मेदवार हुनेहरुको पनि संख्या बढ्दै गएको छ। त्यसमध्ये एनआरएनए एनसीसी अमेरिकाका निर्वर्तमान अध्यक्ष डा केशब पौडेलले आफू महासचिवमा नै उम्मेद्वार हुने बताएका छन्।

एनआरएनए एनसीसी अमेरिकाको सल्लाहकारबाट दुइ-दुइ कार्यकाल अध्यक्ष भएका डा पौडेल यो पटक संघको अन्तराष्ट्रिय महासचिवमा आकांक्षी भएका हुन्। विश्वका थुप्रै देश पुगेर फर्केपछि हलिउडखबरसँग कुरा गर्दै डा पौडेलले आफू महासचिवमा नै उम्मेदवार हुने कुरा बताएका छन्।

सबैतिरबाट आफ्नो स्थिति राम्रो भएको र अध्यक्षका उम्मेद्वारहरुको औपचारिक उम्मेद्वारी घोषणा पर्खेर बसेको कुरा समेत बताए। डा पौडेलले भने, अध्यक्ष बाहेक सबै पदका उम्मेदवारहरु अध्यक्षकै एजेण्डामा सहमत हुँदै जाने हुनाले आफू त्यसैलाई कुरेर बसेको बताएका छन्। आफ्नो प्रतिबद्धता लिएर औपचारिक घोषणा गर्न तयारी अवस्थामा बसेको कुरा समेत बताएका छन्।