कार्यकर्तालाई स्वरोजगार बन्न प्रोत्साहन गरी गरिखाने कांग्रेस निर्माण गर्छु :पाण्डे

कार्यकर्तालाई स्वरोजगार बन्न प्रोत्साहन गरी गरिखाने कांग्रेस निर्माण गर्छु :पाण्डे

Hollywood Khabar September 22,2021 Comments

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा नुवाकोटको बेलकोटगढी नगर सभापतिमा कृष्णप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । नगरमा कांग्रेसलाई बलियो सुदृढ बनाउनेतर्फ केन्द्रित हुने बताउदै पाण्डेले बेलकोटगढीलाई कांग्रेसको नगर बनाउन आफ्नो उम्मेदवारी दिएको बताएका  छन् ।

पुराना पुस्ता र नयाँ पुस्ताका कांग्रेस बिच समन्वयकारी भुमिका निर्बाह गर्ने तथा कांग्रेसको हरेक कार्यकर्तालाई स्वरोजगार बन्न प्रोत्साहन गरी गरिखाने कांग्रेस निर्माण गर्ने योजना रहेको उनले बताए । नेपाली कांग्रेस बेलकोटगढी नगरपालिकाको आफ्नै भबन निर्माण गर्ने तथा कांग्रेसको हरेक कार्यकर्तालाई सक्षम, सबल र प्रशिक्षित कांग्रेसको रुपमा रुपान्तरण गर्न आफ्नो उम्मेद्धवारी रहेको पाण्डेले भताएका छन् ।

असोज ९ गते शनिबार हुने अधिवेशनमा कृष्ण प्रसाद पाण्डेको प्यानलबाट उपसभापतिमा प्रेमबहादुर अधिकारी, सानुकान्छा तामाङ सचिवमा सागर न्यौपाने, रामचन्द्र लामा तथा सहसचिबमा रबिन दाहाल र कान्छा तामाङ (किरण) रहेका छन् । 
 यता, नगरसभापतिमा लेखनाथ मुडबरीको टोलीले पनि उम्मेदवारी घोषणा गरेका छन् । मुडभरीको प्यानलबाट उप सभापतिमा दुर्लभबहादुर तमाङ र दुर्गा बहादुर पुडासैनी रहेका छन् । सचिवमा हर्क बहादुर तामाङ प्रेम प्रसाद लामिछाने तथा सहसचिव राजुमान लामा अर्जुन प्रसाद दाहाल लगायतले प्रतिस्पर्धा गर्दैछन् ।