गोविन्द नेपालीको संयोजकत्वमा एकिकृत समाजवादी नुवाकोट जिल्ला कमिटि गठन

गोविन्द नेपालीको संयोजकत्वमा एकिकृत समाजवादी नुवाकोट जिल्ला कमिटि गठन

Hollywood Khabar September 17,2021 Comments

गोविन्द नेपालीको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नुवाकोट जिल्ला कमिटि गठन गरिएको छ । शनिवार सम्पन्न जिल्ला कमिटि गठन तथा कार्यकर्ता भेला मार्फत उहाँलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरिएको हो । कमिटिमा १ सय ५१ सदस्य रहेको छ । त्यस्तै सल्लाहकारहरुमा  राजेन्द्र लोहोनी, सूर्य कडेल र अच्युत पाण्डे रहेका छन् ।

यस्तै, भोलाराज पौडलेको संयोजकत्वमा समाजवादी प्रेस संगठन समेत विस्तार गरिएको छ  भने ओमप्रकास श्रेष्ठको संयोजकत्वमा अनेरास्ववियु नुवाकोट जिल्ला सम्मेलन अयाोजक कमिटि घोषणा गरिएको छ । कमिटमा ५१ सदस्यीय रहेको र सहसंयोजकहरुमामा रमेश गिरी र प्रदिप नेपाल रहेका छन् । 

यस्तै संघिय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीका नेता विरोध खतिवडाले अन्य चार राजनैतिक दलसँग बाम एकता गरेर अघि बढ्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नुवाकोट जिल्ला कमिटि गठन तथा कार्यकर्ता भेला कार्यक्रमलाई संवोधन गर्दै नेता खतिवडाले माधवकुमार नेपालको नेतृत्वमा बाम एकता गर्नलाई आन्तरिक सहमती भइसकेको बताएका छन् ।

नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रसँगै उपेन्द्र यादव र चित्रबहादुर केसीले नेतृत्व गरिरहेको पार्टी विचमा एकता गर्नलाई आन्रिक सहमती भइसकेको उनले बताए । साथै मोहन वैद्य र नेत्रविक्रम चन्दसँग पनि एकताको लागि बार्ता भइरहेको उनले बताए । केपी शर्मा वलीको नेतृत्वमा रहेको नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर आगामी निर्वाचनमा जाने रणनिति बनाइरहेकोले त्यस पक्ष सफल नहुने खतिवडाको भनाई रहेको छ ।    

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट अलग भई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीको कमिटि गठन तथा कार्यकर्ता भेलामा संवोधन गर्ने व्यक्तिहरुले हरेक निर्वाचनमा पार्टीलाई बलियो बनाउन सक्रिय भएर लाग्ने बताएका छन् ।