किस्पाङ दुर्घटना एक जनाको मृत्य, ५२ जना घाइते, ३४ जनाको उपचार पछि डिस्चार्ज

किस्पाङ दुर्घटना एक जनाको मृत्य, ५२ जना घाइते, ३४ जनाको उपचार पछि डिस्चार्ज

Hollywood Khabar October 17,2021 Comments

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मा मनकामना भुमेस्थानमा बस दुर्घटना हुंदा एक जनाको ज्यान गएको छ भने ५२ जना भन्दा वढि घाइते भएका छन् । गम्भीर घाइते यात्रुको हेलिकप्टरमार्फत उद्धार गरि काठमाडौ पठाइएको छ ।

किस्पाङ गाउंपालिका भाल्चेदेखि काठमाडौका लागि हिंडेको वा४ख ५७६२ नं.को यात्रुवस दुर्घटना भएको हो । वडादशैं मनाएर काठमाडौ लगायतका अन्य कर्मथलो फर्किदै गरेका यात्रुहरु दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष छत्र लामाले वताए । घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्राथमिक उपचार गरि थप उपचारका लागि काठमाडौको ग्राण्डी तथा ट्रमा सेन्टर पठाइएको उनले बताए । 

वस दुर्घटनामा परि किस्पाङ १ भाल्चेवेशीका २६ वर्षिय रमेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई उद्धार गरि हेलिकप्टरमार्फत काठमाडौ धापासिस्थत ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल धापासी पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घाइतेमध्ये नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा आठ जना, ग्राण्डी अस्पतालमा तीन जना र ६ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने ३४ जनाको सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ ।