विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि

विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

Hollywood Khabar August 31,2021 Comments

 विश्वभर २१ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै  विश्वभर संक्रमितको संख्या २१ करोड ८४ लाख ७१ हजार २९८ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८६ लाख २६ हजार ९५३ छ । यसमध्ये १ लाख ६ हजार २०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ७५ हजार ४५३ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १९ करोड ५३ लाख ११ हजार ९५८ पुगेको छ ।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४५ लाख ३२ हजार ३८७ नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ८०६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाख ३२ हजार ३८७ पुगेको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २७ हजार ९०८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार १८७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ५७ हजार ८६३ जनाको मृत्यु भइसकेको छ ।