चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने

भदौ दोश्रो सातादेखि सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने

Hollywood Khabar August 29,2021 Comments

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा ट्रायल दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

विभागका निर्देशक डा। लोकनाथ भुषालले भने, “सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन भएको छ । सोही अनुसार कार्यालयहरुले आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालन गर्नेछन् ।”यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ ।