मङ्सिरभित्र पुनःनिर्माणको अनुदान वितरण गरिने

मङ्सिरभित्र पुनःनिर्माणको अनुदान वितरण गरिने

Hollywood Khabar September 09,2021 Comments

भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण आगामी मङ्सिरभित्र गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम मङ्सिरपछि सम्बन्धित मन्त्रालय र विभागमा जाने जानकारी दिए । 

विषयगत मन्त्रालयमा गएपछि सम्बन्धित विभाग कार्यालयले ती काम गर्नेछन् । भूकम्पपछिको पुनःनिर्माणको काम गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि आगामी पुस १० गते सकिँदैछ ।