एमसीसीको विरोधमा पक्राउ गरिएका रिहा

एमसीसीको विरोधमा पक्राउ गरिएका रिहा

Hollywood Khabar September 09,2021 Comments

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को  विरोधमा प्रदर्शनमा उत्रिएका स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपाल अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायतलाई प्रहरीले रिहा गरेको छ । 

उनीहरुलाई बिहीबार एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ गरी महेन्द्र पुलिस क्वब र अन्य प्रहरी प्रभागमा लागिएको थियो । पक्राउ पर्नेमा कृष्ण प्रसाईँ, शिवराम थापा, दुर्गा बस्नेत, नवीन मैनाली, राजु राउत, आगेली माइला, रोशा नेपाल, रामकुमार नेपाल, इन्द्र कालिकोटे, सङ्गीता सारथी, गोपाल गुरुङ, रामकुमार विष्टलगायत छन् । - रासस