NRNA अमेरिकाको निर्वाचनको बाघचाल सुरु

Hollywood Khabar March 02,2017 Comments

कृष्ण के सी /३/१७ 

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी २०१७-२०१९ कार्यकालको लागि निर्वाचन नजिकिंदैछ। सुरुका दिनमा केही व्यक्तिहरुले बुरुरु उम्मेद्धारी दिएता पनि हालैका दिनमा भने उनीहरुमध्ये धेरैको थकान र पलायन भैसकेको अवस्था छ भने केही नयाँ अनुहारहरु देखिएका छन र केही आउनै बाँकी छन्। बाँकी पदहरुको स्वरूप नआइसकेकाले हालको चर्चा भनेको अबस्य पनि अध्यक्षकै हो। 

वर्तमान अध्यक्ष डा केशब पौडेल, बरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, उपाध्यक्षहरु रविना थापा, राम सी पोख्रेल, बन्दना कोइराला र डिल्ली भट्टराईले अध्यक्षमा आफ्नो उम्मेद्धारी रहने कुरा प्रचार गरेको अवस्था छ। यस बाहेक NRNA NCC अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा पूर्व आइसीसी सदस्य तेम्बा शेर्पा र हाल सम्म बोर्ड र आइसीसी कतै पनि काम नगरेका केही अरु व्यक्तिहरुको पनि अध्यक्षमा उम्मेद्धारी रहेको कुरा आएको छ। भलै मिडियाले चासो नदिएता पनि आफु निरन्तर रुपमा उम्मेद्धार रहेको कुरा उहाँहरुमध्ये कतिपयले गर्दै आउनु भएको छ भने कतिपयले मैदानबाट बिदालिएको अवस्था छ।

केही व्यक्तिहरुको इच्छा वर्तमान अध्यक्ष डा केशब पौडेल दोहोर्याउँदा आफुलाई ICC निर्वाचनमा जान सहज हुने हुनाले तेसै गराउने सदिच्छा छ। तर वर्तमान अध्यक्ष डा केशब पौडेल स्वयं नै भावी आइसीसी अध्यक्षका रुपमा हेरिएका व्यक्ति यो पटकबाट आइसीसीमा प्रवेश गरेर अगाडि बढ्ने कुरा बलियो पक्ष हो।

यदि एनसीसी शशक्त भयोभने आइसीसीको प्रवेसमा सजिलो हुने, अरु एनसीसीको साथ समेत रहने स्थिति छ डा पौडेलको। यसैगरी २०२१- २०२३ तिर पुग्दा अध्यक्षकै दावेदार मानिएका डा पौडेलले पुन: जोखिमको बाघचालमा फर्कनु या फर्काउनु भनेको भविष्यप्रति एककिसिमको तगारो हाल्नु नै हो। जुन कुरा राजनैतिक क्षेत्रकाले बुझ्दैनन् तर एनआरएनहरुले सजिलै बुझ्दछन। एकातिर आफ्नो कार्यकालमा क्लिन चिट पाउन नसककेको अवस्थामा सम्मानजनक एक्जिट नै उपयुक्तहुन्छ भन्ने उहाँका शुभचिन्तकहरुको भनाइ छ। उहाँले आफ्ना शुभचिन्तकहरुको समेत वास्ता गर्दै आफ्ना सक्सेसर्सहरुको बिकास र सुरक्षा गर्नुपर्छ भन्ने एकाथरीको कुरा छ। 

यतिमात्र होइन सिङ्गो अमेरिकी एनआरएनहरुको प्रतिनिधिमुलक भएर भविष्यमा अध्यक्ष बन्ने बाटो टुक्राउनु हुन्न भन्ने धेरैको सुझाव छ। हुन त हालसम्म पनि पक्का रुपमा पुन: मैदानमा जाने किटान नगरेका डा पौडेलको दोधार कायम नै छ। तर पनि एककिसिमको बाघचालकहरुको चक्कर भएको अवस्था भने नकार्न सकिन्न।

मिलाएर शशक्त एनसीसी टिम बनाएर आफ्नो दरिलो प्रदर्शन आइसीसीमा गर्नुपर्नेमा डा पौडेलका आफ्नै समर्थक र साथदिनेहरुलाई चिढाएर टुक्रिनेबाटो लिनु हुँदैन भन्ने कुरा सबैले बुझ्ने कुरा हो। यसबाट भोलीका दिनमा पनि उहाँलाई साथदिने र सघाउनेहरुको संख्या घट्नेछ अनि यो लडाइ केका लागि भन्ने प्रश्न त छँदैछ। 

स्वयंले आफ्नै टिमलाई पनि आफु दोहोरिने कुरा राख्नुभएको छैन। तर त्यो बेला पटक-पटक आफु एनसीसीमा नआउने कुरा राख्नु भएका डा पौडेलले आफ्नै शक्ति, समर्थन र साथसँग पतिस्पर्दामा आउनु भनेको आफू कम्जोर हुनु पक्का हो। त्यो कुरा उहाँले राम्रोसँग बुझ्नुहुन्छ। भलै त्यो स्थितिमा आँफ़्नै टिमका आफन्तसँग जितेर पनि उहाँका समर्थक र साथदिने कमहुने छन् र हार्दा लगभग बाटो नै बन्दप्राय हुनेछ। त्यो अर्थमा जितको मूल्य र हार्दा पनि भविष्यको मूल्य दुवै रहँदैन।

अध्याबधिक रुपमा उहाँले पुन: एनसीसी निर्वाचनमा गएर पराजय भोग्नुभयो या अन्तिममा पुगेर मैदान नै छोड्नुभयो भने पनि उहाँको सामाजिक योगदानमा एककिसिमको ह्रास आउने छ। विश्वासको संकट आउनेछ। त्यो कुरा उहाँ स्वयं र एनआरएन अमेरिकीहरु दुवैको पक्षमा राम्रो देखिंदैन। एउटा नेतामा निर्दिष्ट रुपमा निर्णय गर्ने क्षमता हुनुपर्छ त्यो उहाँमा छ। गत निर्वाचनमा यो पंक्तिकारले पनि सँगै काम गरेकोले सिकेको कुरा भनेको उहाँले गर्ने निर्णय भनेको समयमै हुन्छ अन्तिममा हुँदैन। 

केही लेखक/पत्रकारहरुले NRNA मा प्रवेस नै नगरेका केही साधारण सदस्यहरुको समेत ठूलो हातहुने झुकावको मुल्याकन गर्नुभएको छ त्यो यथार्थमा संस्थाभित्रको गतिबिधि हेर्दै गर्दा उहाँको मुल्यांकन मैले नै बुझेको छैन। यो निर्वाचनलाई प्रत्यक्ष असर पार्ने अर्को पाटो भनेको वर्तमान क्षेत्रीय संयोजक सोनाम लामा र आइसीसी सदस्य खगेन्द्र जीसीको रोल हो। यसलाई सोनाम लामा VS  खगेन्द्र जिसी भन्दा सजिलो होला। 

आरसी सोनाम लामा उपाध्यक्षमै भिड्ने तयारी पक्का हो। हुन त सोनाम लामाले यदाकदा अध्यक्षको उम्मेद्धार हुने कुरा पनि नगरेको होइन। यदि सोनाम लामा अध्यक्षकै प्रतिस्पर्दी हो भने यो सबै गेमले हावा खान्छ र अर्को नयाँ जोड-घटाउ सुरुहुन्छ। एउटा सत्य कुरा के हो भने लामा र जिसी दुवैजनासंगै यसैपटक आइसिसिका प्रतिस्पार्दी डा केशब पौडेल पनि हो।

खगेन्द्र जिसी गतपटक आइसीसी उपाध्यक्षमा प्रत्यासी भएता पनि सफलता नपाएकाले फेरि पनि उपाध्यक्षमै प्रतिस्पर्दा गर्ने तयारीमा रहेको अवस्था हो। समयमा तयारी नगर्ने, कार्यक्रमहरुमा सहभागी कमहुने, सम्पर्क-कम गर्ने बानीले गर्दा यो पटक गत पटक जस्तो अमेरिकी एनआरएनहरुले सजिलो साथ दिने अवस्था भने छैन। उसै पनि उहाँले कहिले तेम्बा शेर्पा त कहिले को बोकेर एउटा शशक्त टिम बनाउनतर्फ योगदान दिएको अवस्था छैन। यसो गर्दा भोलि जितेर आउने टिमले उहाँलाई साथ दिनेकुरामा शंका रहन्छ।

अन्य राजनैतिक प्रभावको शक्तिकेन्द्रको एकाथरी प्रभाव रहन्छ नै तर निर्णायक भने रहँदैन। एमालेको प्रवासी संस्था प्रवासी मंचले बिधानले पाए गौरी जोसी नपाए रविना थापा भनेर निर्वाचन आयोगकोको सुचना नआए सम्म चुप बस्ने अवस्थामा छ। उता नेपाली काँग्रेसको प्रवासी संस्था जनसम्पर्क समिती अमेरिका सबै भन्दा ठुलो शक्तिकेन्द्र हो। एउटा झुण्डले डा पौडेललाई दोहोरिन भने पनि बाँकी सपोर्ट रविना थापाकै पक्षमा देखिएको छ। जनसम्पर्क समितीले आधार हेरेर निर्णय लियो भने पनि तेश्रो विकल्पमा कृष्ण पोख्रेल र चौथो विकल्प राम सी पोख्रेल मात्रै हो।

उता आरसीको तयारी गरिरहेका वर्तमान डिआरसी एसी शेर्पा, डिआरसी या आरसीको तयारी गरिरहेका आसिसी सदस्य डा बिनोद शाह, नविन शेरचन, दिल श्रेष्ठ र पूर्व अध्यक्ष शिव राइको प्रवेशले अर्कोखाले लवीको सुरुवात हुनेछ। आइसिसी सदस्यको तयारीमा रहेका पाँचजनाको घोषणा, अनि अरु विभिन्न पदमा रहेका उम्मेद्धारहरुको रोलले अर्को खाले अवस्थाको सृजना गर्नेछ।

यो अमेरिका VS अमेरिका अर्थात सोनाम लामा VS खगेन्द्र जिसीले तीनवटा खराब नतिजा दिन्छ। पहिलो कुरा दुवैजना लडेमा आइसीसीमा दुवै व्यक्ति हार्ने सम्भावना बलियो रहन्छ। दोश्रो कुरा, फेरि पनि IES मा अमेरिकाको उपस्थिति सुन्य रहन्छ। तेश्रो वेफाइदा नेपाली अमेरिकी समुदायमा बिभाजन हुन्छ। 

यो प्रतिस्पर्दा चर्केर गयो भने अर्को पक्ष भनेको भबन भट्ट VS कुमार पन्त पनि हो। त्यो खेल भने अमेरिकामा सोझो लवीको हुनेछैन। अष्टबक्र परेको हुनेछ। घात र अन्तरघात नै बढी हुनेछ। त्यो अष्टबक्र लवीको लुर्को अनौठो हनेछ। खगेन्द्र जीसीले तेम्बा शेर्पा भन्ने र कुमार पन्ततिरबाट चुनावमा गएको अवस्थामा डा केशब पौडेल र रविना थापा दुबैको सपोर्ट पाउनुहुने छैन। 

सोनाम लामाले पनि कुनै एक व्यक्तिलाई मात्र पिक गरेर जाने हो भने भबन भट्टकै तर्फबाट चुनाबमा गए पनि या आफै अध्यक्ष लडे पनि बाँकी अर्का पक्षले सहयोग गर्दैनन्। किन कि काठमान्डू जाने डेलिगेट्सको छान्ने मापदण्ड अनुसार करिव १०० भन्दा धेरै जनाको नाम त ऐलेनै भन्न सकिन्छ। त्यो लिस्ट हेर्दा सजिलो खालको छैन।

एनआरएनए सँस्था र अमेरिकी एनआरएनहरुको हितमा अनि सोनाम लामा, एसी शेर्पा, खगेन्द्र जिसी, डा केशब पौडेलसबैको लागि मिल्ने तीन विकल्प देखिन्छन त्यो भने अर्को पटक दिने प्रयासमा।