NRNA USA- प्रेस विज्ञप्ती

Hollywood Khabar January 10,2017 Comments

प्रेस विज्ञप्ती

गैर आवासीय नेपाली संघ, (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही जनवरी १४ टेक्ससको ड्यालसमा हुन लागेको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा भएको छ ।  'Enhancing unity & integration- Our action for Vision 2020 & beyond'  भन्ने नाराका साथ हुन लागेको यो सभामा अमेरिकाभरिबाट पाँचसयभन्दा बढी नेपालीहरुको उपस्थिती हुने अनुमान रहेको छ । एनआरएन अमेरिकाका १७ वटा च्याप्टरहरुबाट समेत सम्मेलनमा सहभागिता हुनेछ । सम्मेलनमा नेपालबाट माननीय परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत लगायत अन्य देशहरुबाट समेत अतिथीका रुपमा थुप्रै नेपालीहरुको आगमन हुनेछ ।

सम्मेलनका लागि अमेरिकामा रहेका नेपाली समुदाय निकै उत्साहित भएका छन् । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल भन्नुहुन्छ–‘नेपाली समुदायको यो उत्साहलाई हामीले असाध्यै सकारात्मक रुपमा लिएका छौं । यसले एनआरएन अमेरिकालाई अझै सशक्त रुपमा अघि बढाउन हौसला दिएको छ ।’

सम्मेलनको मुख्य आकर्षणको रुपमा Economic diplomacy & Diaspora Investment  का बारेमा पनि व्यापक छलफल हुनेछ । यो शत्रलाई माननीय परराष्ट्रमन्त्री डा. महत, अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्की, एनआरएनका उपाध्यक्ष कुमार पन्त लगायतले संबोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सम्मेलन नेपालीबीच एक आपसमा भेटघाट, आत्मियताको साटासाट गर्ने थलो हुनुका साथै नेपाली समुदायको उपस्थितीलाई अमेरिकामा अझै सबल रुपमा अघि बढाउनका लागि योजना बनाउने थलो समेत हुनेछ । कार्यक्रममा सहभागी हुन आउनुहुने सबैलाई ड्यालसमा न्यायो स्वागतको लागि सबै तयारी पुरा भइसकेको व्यहोरा समेत अनुरोध गर्दछु । 

(राम सी पोखरेल)

संयोजक

पाँचौ बार्षिक साधारण सभा

गैर आवासीय नेपाली संघ, (एनआरएन) अमेरिका