https://www.youtube.com/embed/3Z3nE0aP0Ug

NRNA अमेरिकाको सदस्य बनाउँदा Phishing भएको हो : दिनेश शर्माको भिडियो

Hollywood Khabar April 25,2017 Comments

कृष्ण के सी
यो कृष्ण समाचार लेख्ने व्यक्ति मात्र होइन NRNA अमेरिकाकोको पूर्व मिडिया कोअर्डिनेटर तथा वर्तमान रुपमा अमेरिकाज क्षेत्रको रिजनल मिडिया कोअर्डिनेटर समेत हो। त्यो अर्थमा NRNA भित्र धेरै उत्तर चढाव देखिको व्यक्ति पनि हो।
जव संस्थाको सदस्यताको कुरा उठ्छ यो मेरो पालामा पनि लडाइ भएकै हो।तर म धेरै कुरामा जानेर या न जानेर मेरो आइटी पर्सनसंग सोधेर तेस्तो खालको सुरक्षा दिंदै गएको थिए। घटी कमि भएहोलान तर सुधार्दै जाने कुरामा हरेकपल गर्दै गएको हो।
म आइटीक व्यक्ति होइन तर NRNA भित्र हुन सक्ने र भएका कुराहरु पटक-पटक देखाउँदै आएको छु। लेख्दै आएको हुँ। ऐले पनि https://hollywoodkhabar.com मा गएर NRNA भन्ने मेनु हेर्नुभयो भने बिभिन्न समयमा लेखेर सजक गराएको कुरा छन्। तर बिडम्बना त्यो कुरा वर्तमान कार्यसमितिले सुनेन। कुनै आधार नपाइकन भन्न मिल्दैन। मैले भनेको केही कुरा कुरा यस्ता थिए:-
-NRNA अमेरिकाको सदस्य ढुंगा माटोले पनि बन्न पाउने हो?- २८ फेब्रुअरी
-कतै तपाइको नाम NRNA अमेरिकाको सदस्यमा त छैन? के गर्ने? अप्रिल ११
-भनिए जस्तो बढेन NRNA अमेरिकाको सदस्यता -१४ हजारमा पज-मार्च १८
-NRNA अमेरिकाको साइटमा डिजास्टर एकै व्यक्तिको नाम ५६ पटक सम्म - मार्च १७
-NRNA अमेरिकामा २२ मिनेटमा १९३ सदस्य गायब- प्रमाण सहित- १५ मार्च
-NRNA अमेरिका, सक्कली मान्छेका नक्कली इमेल, साइट ERR किन फिक्स भएन-१३ मार्च
यस्ता थुप्रै कुरा लेखेर दिएको नै हो। कहिले साइट पज हुने कहिले बढेका सदस्य घटेर आउने यस्ता धेरै भयो। प्राविधिक रुपमा त्यो गल्ति भयो होला तर सुरक्षाको दृष्टिमा हुन सक्ने सावधानी अपनाउने प्रयास गरिएन। अन्तत दिनेश शर्माले एउटा भिडियो बनाउनु भयो जसले त फिसिंङ्ग (PHISHING- “the fraudulent practice of sending emails purporting to be from reputable companies in order to induce individuals to reveal personal information, such as passwords and credit card numbers”-google) भएको प्रमाणित गरेको छ। यो एउटा साइबर क्राइम मात्र होइन अरुको सुचना लिएर गर्ने अन्य धेरै कुराको अपराध हुन सक्छ कानुनेको भाषामा। कुरा अगाडि बढ्दै जाने हो भने एफबिआइलाइ अनुरोध पनि गर्नु पर्ने हुन सक्छ। बाँकी कुरा भिडियोमा: