https://www.youtube.com/embed/4tKLxDN9XT8

NRNA NCC USA राष्ट्रिय निर्वाचन प्रमूखसँग कुराकानी

Hollywood Khabar February 21,2017 Comments

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को २०१७-२०१९ कार्यकालको नेतृत्वको लागि हुने आगामी निर्वाचन कार्यक्रम सम्बन्धी निर्वाचन प्रमूख बंदिता शर्मा दाहालसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ। NRNA NCC अमेरिकाको बिधानले निर्वाचन निष्पक्षहोस्, निर्वाचन कमिटी/आयोग बनाउँदा झुकाव नहोस र आयोगले निस्पक्ष रुपमा स्वतन्त्र भएर काम गर्न सकोस भनेर अधिबेशनबाट यस्तो आग्योग बनाउने बैधानिक ब्यबस्था छ।

आगोगको कार्यकाल दुइबर्षको हुने गर्दछ। संस्थाका निर्वाचन, उप-निर्वाचन लगायत सबैखाले निर्वाचनकार्य आगोगले गर्ने गर्दछ। आयोगले अर्को कार्यकालको लागि प्रमुख आयुक्ता र अन्य आयुक्तहरुको सिफार्स गर्दछ र सो सिफारिसले अधिबेशनबाट पासभए पछि बैधानिकता पाउँछ। यस्तो आगोगको कार्यकाल NCC को नयाँ नेतृत्वको सफत ग्रहण र पदभार हस्तान्तरण गराएपछि समाप्त हुने गर्दछ। तेसो नभए के हुने भन्ने बैधानिक ब्यबस्था छैन। हरेक अड एयरको जुन १, देखि NCC को नयाँ नेतृत्वले कार्यभार लिएको हुनुपर्ने बैधानिक ब्यबस्था छ र आगोगको पनि सोही अवधिलाई कार्यकाल मानिएको छ।

यो कुरानाकीमा NRNA NCC अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगको निर्वाचनको तयारी, निर्वाचन कार्यक्रम, उम्मेद्धारहरुको योग्यता, निर्वाचन कार्यतालीका, पेपर ब्यालेटमतदान, दसस्यता लिने समय सिमा, निर्वाचन सम्बन्धि कोड अफ कण्डक, निर्वाचन आयोगको टिम, सदस्यहरुको सुचना के कस्तो रुपमा सार्वजनिक गर्ने, च्याप्टर निर्वाचन, मतदाताहरुलाई सुचना, मिडिया/संचारसम्बन्ध जस्ता बिषयमा औपचारिक सवालजवाफ उपलब्ध छन।

थप कुराहरु भिडियोमा:

कृष्ण के सी

रिजनल मिडिया कोअर्डिनेटर

गैर आवासीय नेपाली संघ, द अमेरिकाज

२/२२/१७