कृष्ण के सी/अमेरिका/६/१३/१९
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३-१६, २०१९ मा आफ्नो ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ। संघले सो अनुसार आफ्नो तयारी गर्न पनि सुरु गरेको छ।
यसका लागि एनआरएनएको सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको नयाँ नेतृव हुनुपर्ने बैधानिक ब्यबस्था छ। त्यसैले एनआरएनए एनसीसीहरुले धमाधम महाधिवेशन र निर्वाचन गर्दैछन्। कतै विवाद, कतै मिलाप त कतै भर्खर नयाँ नेतृत्व चयन सुरु गर्दैछन्। यसै क्रममा सबैभन्दा पहिला एनआरएनए एनसीसी अमेरिकाले आफ्नो नेतृत्व चयन गरेको छ। जुलाई ७, २०१९ देखि नयाँ निर्वाचित अध्यक्ष सुनिल साहको नेतृत्वले आधिकारिक रुपमा पदभार लिनेछ।
यी सबै कुरा हुँदैगर्दा गैरआवासीय नेपाली संघ र यससँग संबद्ध व्यक्तिहरुले आफ्नो नेतृत्वको लागि कसरत सुरु गरेका छन्। खासगरी यो पटक एउटा विचलित समूह र अर्को निर्दिष्ट समूह अगाडी आएका छन्।
विचलित समूह भन्नाले वर्तमान अध्यक्ष भवन भट्ट पुन: दोहोरिएलान या कुल आचार्य बोक्नुपर्ला भनेर कुरेर बसेको समुहका व्यक्तिहरु यसमा छन्। उनीहरुले ऐले सम्म आफूहरुले कसलाई सपोर्ट गर्ने भन्ने निर्णय गर्न सकेका छैनन्। अध्यक्ष भवन भट्ट पुन: आउँछन् भन्नेहरुको लागि भट्टले केहि निराश पारेका छन। आफू उम्मेद्वार हुने या नहुने कुनै संकेत नै दिएका छैनन्।
अघिल्लो पटक पन्तले भट्टलाई सघाएकै कारण जेण्टल एग्रिमेन्ट अनुसार पनि अध्यक्ष भट्ट यो पटक निर्वाचनमा जाने संभावना कम छ भन्छन पन्तका समर्थकहरु। हुन पनि सिटिङ प्रेसिडेण्ट रिश्कमा उम्मेदवार हुने संभावना एकदम कम हुन्छ। यदि ७०% या त्यो भन्दा माथि डेलिगेट्स स्कोर पोजिटिभ भयो भने भबन भट्ट दोहोरिन्छन भन्ने आंकलन उनका समर्थकहरुको छ। तर त्यो रिजल्ट पाउन कम्तिमा पनि सेप्टेम्बर सम्म कुर्नु पर्नेहुन्छ।
अर्को पक्ष वर्तमान उपाध्यक्ष कुमार पन्तलाई अध्यक्षमा सपोर्ट गर्ने निर्दिष्ट समूह छ। उनीहरुले यो पटक मिले सर्वसम्मत नमिले निर्वाचनमा गएर भएपनि पन्त जित्ने विश्वास लिएका छन्। यसर्थ उनीहरु कुनै कन्फ्यूजनमा छैनन् निर्दिष्ट छन्। यसैबीच उपाध्यक्ष पन्तले आफू दुइ-दुइ कार्यकाल उपाध्यक्ष भएको अर्को पटक बिधानले नै दिन्न। अब कि त बिदा हुनुपर्यो कि भिड्नु पर्यो भनेर बताइसकेका छन। गत महिना मात्र अमेरिका घुमेर फर्केका पन्तको अमेरिकी माहोल अत्यन्तै राम्रो बनेको कुरा उनका समर्थकहरुले बताएका छन्। त्यसपछि युरोप र फेरी लण्डन गएका पन्तको दौडाहा एकदमै द्रुत गतिमा गएको छ। उनि छिट्टै नेपाल पनि पुग्ने भएका छन्। एक किसिमको माहोल यो पटक उपाध्यक्ष पन्तलाइ अध्यक्ष बनाउने तर्फ गएको देखिएको छ।
उता आफू जे सुकै र जो सुकै लडेता पनि प्रजातान्त्रिक शक्तिहरुको समर्थनमा खडा हुने कुरा कुल आचार्यले गरेका छन्। तर एनआरएनएको बिधान र वर्तमान संयन्त्र हेर्दा त्यो कुराले निकास पाउँछ भन्ने कुरा देखिदैन। अर्को कुरा आफू प्रजातान्त्रिक भन्नेहरु नै कुमार पन्तका प्रमुख समर्थक छन्। तसर्थ त्यो विचारले कुल आचार्यले बैतर्नी तर्ने सजिलो आधार भने देखिएको छैन। त्यसोगर्दा नेपाली जनसंपर्क समितिको नाममा आफू हावी भएको देखाउने बिचउलीयाहरुको फुर्तिले गर्दा कुल आचार्यको २०२१ को लागि समेत संभावना कठिन हुने कुरा टडकारो छ भन्छन केहि पूर्वजहरु।
हुन त यसो भनिरहँदा कतिपय सम्पर्क समितिका हिमायतीहरुले बिरोध गर्छन। तर पहिलो मत नै कुमार पन्तलाई दिने तिनै जनसम्पर्क समितिका मध्येका धेरैजना हुन्छन। एउटा कुरा ठोकुवा दिएर भन्न सकिन्छ कि कुमार पन्तले ल्याउने अधिकाँस मत जनसम्पर्क समितिका समर्थकहरुकै हो। मन नपरोस या परोस तर यथार्था कुरा यहि हो।
अब को को छन् त ऐले सम्मका अन्य पदका आकांक्षीहरु:
अध्यक्षमा
अध्यक्षका लागि वर्तमान अध्यक्ष भबन भट्टले कुनै जवाफ दिएका छैनन्। जवाफ नदिएको अवस्थामा उनि अध्यक्षका उम्मेद्वार हुन भनेर लेख्न सकिन्न। तर वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यले भने आफूहरु उम्मेद्वार हुने पक्का गरेका छन्।
उपाध्यक्षका लागि
उपाध्यक्षका लागि वर्तमान महासचिव डा बद्रि के सी, वर्तमान कोषाध्यक्ष हिक्मत थापा, अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक सोनाम लामा, ओसनिया क्षेत्रका क्षेत्रीय संयोजक धर्म राज अधिकारीले आफू उपाध्यक्षमा उम्मेद्वार हुने कुरा पक्का गरेका छन्। त्यसैगरी एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक किरण बिक्रम थापा पनि उपाध्यक्षका लागि आकांक्षी रहेको कुरा बताएका छन्।
महिला उपाध्यक्षतर्फ
त्यसैगरी महिलाहरुको आरक्षणको लागि छुट्ट्याइएको उपाध्यक्षतर्फ सोहि पदकी वर्तमान उपाध्यक्ष सपिला राजभण्डारी दोहोरिने कुरा बताइन्छ। तर भण्डारीले हाल सम्म कुनै जवाफ दिएकी छैनन्। वर्तमान सचिव जानकी गुरुङ, वर्तमान महिला संयोजक रजनी प्रधान समेत सोहि पदमा दावी गर्दै रहेका भनिएका छन्। रजनी प्रधानले कुनै जवाफ दिएकी छैनन्। तर सचिव जानकी गुरुङले महासचिवका लागि दावी गरेको बताएकी छन्। त्यसो भएता पनि उनि अन्तमा उपाध्यक्ष नै हुने हो भन्ने आड्कलन गरिएको छ। यो अर्थमा कि त सपिला दोहोरिन्नन, कि खुल्ला तर्फ जान्छिंन कि खाली बस्छिन अथवा सपिला र जानकीको आपसी भिडन्त हुनेछ।
महासचिवका लागि
महासचिवका लागि वर्तमान सचिवहरु जानकी गुरुङ र डीबी क्षेत्री दुवैजनाले उम्मेदवार हुने बताएका छन्। पूर्व प्रवक्ता डा हेमराज शर्माको उम्मेदवार हुने कुरा त हलिउडखबरले सबैभन्दा पहिला नै दिएको हो। एनसीसी अमेरिकाका वर्तमान अध्यक्ष डा केशब पौडेलले पनि आफू महासचिवको लागि प्रत्यासी रहेको बताएका छन्।
सचिवका लागि
सचिवका लागि हाल सम्म अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशी र युरोप क्षेत्रका क्षेत्रीय संयोजक शिव कुमार बरुवालले पक्का गरेका छन्। उनीहरु दुबैजनाले आफू उम्मेद्वार हुने कुरा हलिउडखबरलाई जानकारी दिएका छन्।
कोषाध्यक्षका लागि
कोषाध्यक्षका लागि वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आफू उम्मेद्वार हुने कुरा बताएका छन्। जापानबाट आइसीसी सदस्य रहेका महेश श्रेष्ठ पनि कोषाध्यक्षकै लागि आकांक्षी रहेको बताइएको छ। त्यसैगरी मध्येपूर्वका क्षेत्रीय संयोजक आरके शर्माले आफूले सल्लाह लिंदै गरेको र निर्णय गर्ने बाँकी रहेको कुरा हलिउडखबरलाइ बताएका छन्।
सहकोषाध्यक्षमा
सहकोषाध्यक्षमा अमेरिकाज क्षेत्रका पुर्व क्षेत्रीय उपसंयोजक एसी शेर्पा आकांक्षी रहेका छन्।
महिला संयोजकमा
महिला संयोजकमा वर्तमान महिला संयोजक रजनी प्रधान नै दोरोरिने हल्ला पनि छ। एकाथरीको कुरा भने रजनी यो पटक प्रतिष्पर्धा नगर्ने कुरा पनि आएका छन्। वर्तमान एशिया तथा प्रशान्त क्षेत्रकी महिला संयोजक जुनु माया गुरुङले आफू आकांक्षी रहेको बताएकी छन्। त्यसैगरी युरोप क्षेत्रकी महिला संयोजक संगीता मरहट्टाले पनि आफ्नो आकांक्षा गरेकी छन्। क्यानाडाबाट आइसीसी सदस्य प्रमिला बस्नेतले पनि आफू यो पटक महिला संयोजकको लागि तयार रहेको बताएकी छन्।
युवा संयोजकका लागि हाल सम्म कसैको पनि दावी आएको जानकारी हलिउडखबरलाइ प्राप्त भएको छैन। हालसम्म जे सुकै भनिएता पनि भोलिका दिनमा धेरै उम्मेद्वारहरु बढ्ने भने पक्का छ।
सिफारिस
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...
गैरआवासीय नेपाली संघ र संबद्ध पक्षबारे:बागमती टेलिभिजनको कोर इस्यूमा