एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन

Hollywood Khabar August 28,2021 Comments

नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्। आइतबार बसेको नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो। 

नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्। बुधबार निर्वाचन आयोगले एकीकृत समाजवादीको दलको मान्यता पाएको हो। शुक्रबार आयोगले एकीकृत समाजवादीका २३ सांसदको नाम संसद सचिवालयमा पठाएको थियो।

यसैबीच एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन्। एकीकृत समाजवादीका राष्ट्रिय सभामा ७ सांसद छन्।