नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दै

नेपालमा मुटुरोगीको सङ्ख्या बढ्दै

Hollywood Khabar September 28,2021 Comments

पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ ।
उनका अनुसार १८ वर्षमाथिका सबै व्यक्ति मुटुरोगको जोखिममा रहेको बताउँदै मुटुरोगसम्बन्धी समस्या हुनेमध्ये ८० प्रतिशत विकासोन्मुख मुलुकका रहेको जानकारी दिए ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक करोड ४६ लाख मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको छ । नेपालमा भने बर्सेनि ३० हजार व्यक्तिको मुटुरोगबाट मृत्यु हुने गरेको छ । नेपालमा १८ वर्षमाथिका ३५ प्र्रतिशत मानिस उच्च रक्तचाप र १८ वर्षमाथिका २५ प्रतिशतमा उच्च कोलस्टेरोलको समस्या छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशत मुटुसम्बन्धी कुनै न कुनै रोगले ग्रसित रहेका छन् ।

यस्तै ९० प्रतिशत मानिस मुटु रोग लाग्ने जोखिममा छन् । डा. रेग्मीले जीवनशैली, खानपानले गर्दा मुटु रोगको समस्या बढेको बताउँदै चुरोट, सुर्ती, मदिरापान, चिल्लो खानेकुरा मुटु रोगका प्रमुख तìव रहेको र यसबाहेक मानिसले व्यायाम नगर्ने, आफूलाई अल्छी बनाउनाले पनि मुटु रोगको जोखिम बढेको जानकारी दिए । सरकारको प्राथमिकता मुटु रोग रोकथामभन्दा पनि उपचारमा बढी भएको उहाँको विश्लेषण छ ।

सरकारले उपचारमा हैन रोकथामा केन्द्रित नीति बनाउनुपर्ने उनको धारणा छ । सरकारले १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका वृद्धलाई निःशुल्क मुटुको शल्यक्रिया तथा उपचार गर्ने गरेको छ । यस्तै बाथ मुटु रोगका बालबालिकालाई समेत निःशुल्क उपचार गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले विपन्न सहायता कोषबाट पनि मुटु रोग लागेका व्यक्तिलाई एक लाख रुपियाँ सहयोग गर्ने गरेको छ ।