निपा भाइरसबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

निपा भाइरसबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Hollywood Khabar September 13,2021 Comments

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउन सर्वसाधारणलाई अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्नका लागि सर्तकता अपनाउन आग्रह गरेका हुन् । प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएकाले कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए । निपा भाइरसको कुनै खोप बनिनसकेकाले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो ९फ्रुट ब्याट०बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए । निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्‍याउने र बेहोस बनाउने गरेको बताउँदै उनले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवस पनि नखान आग्रह गरे । स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकाले पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सजग हुन र यससम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर चिकित्सकलाई देखाउन आग्रह गरेको छ ।

प्रवक्ता पौडेलका अनुसार श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।