नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

नुवाकोटको १२ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

Hollywood Khabar September 25,2021 Comments

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका १२ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाको १२ स्थानीय तहमध्ये लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका,  सूर्यगढी गाउँपालिका र किस्पाङ गाउँपालिकमा सर्वसम्मत रुपले नेतृत्व चयन भएको छ भने अन्य स्थानीय तहमा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो । 
 

लिखु गाउँपालिकामा बिनोद पाठक निर्विरोध सभापतीमा निर्वाचित भएका छन् भने दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान, किस्पाङ गाउँपालिकामा रणबहादुर तामाङ र सुर्यगढी गाउँपालिकामा शंकर प्याकुरेल रहेका छन् । यस्तै, पञ्चकन्या गाउपालिकामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको छ । निर्वाचन मार्फत माधव खनाल सहितको  प्यानल नै बिजयी भएको छ । खनालले ८१ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्धन्दि यमबहादुर थापाले ६९ मत प्राप्त गरेका छन् ।

यस्तै म्यागङ गाउँपालिकाको अधिवेसनमा सिंहराज तामाङ सभापतीमा निर्बाचित भएका छ् । उनले ७१ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्धन्दी कमल तामाङले ३८ मत प्राप्त गरेका छन् । यता, नेपाली कांग्रेस तादी गाउपालिकाको सभापतीमा नारायणप्रसाद पाण्डे निर्वाचित भएका छन् भने ककनी गाउँपालिकामा भाग्य श्री लामा सभापतीमा निर्वाचित भएका छन् । उनले ८० मत प्राप्त गरेका थिए भने उनको प्रतिष्पर्धी सुपोल लामाले ५७ मत प्राप्त गरेका थिए । 

यस्तै शिवपुरी गाउँपालिकामा कविराज गुरुङ सभापतिमा निर्वाचित भएका छन् भने तारकेश्वर गाउँपालिकामा केशव अर्याल निर्वाचित भएका छन् । विशेष महत्वको साथ हेरिएको जिल्लाको २ नगरपालिका विदुर नगरपालिका र वेलकोटगढी नगरपालिकाको पनि निर्वाचनको मत परिणाम सार्वजनि अन्तर्गत वेलकोटगढी नगरपालिकामा लेखनाथ मुडबरी निर्बाचित भएका छन् । उनले १ सय २५ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी कृष्णप्रसाद पाण्डेले १ सय मत प्राप्त गरेका छन् । यता, विदुर नगरपालिकाको सभापतीमा हरिलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १ सय ३६ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी वद्रिप्रसाद रिमालले १ सय ३५ मत प्राप्त गरेका छन् ।