प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

प्रदेश–२ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

Hollywood Khabar September 28,2021 Comments

प्रदेश नम्बर २ को धनुषा जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर  साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ । 

बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए । उनले भने– ‘स्थलगत छानविनका लागि टोली गएर कागजात लिएको छ ।’ प्रदेश–२ सरकारले  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो ।

साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । 
साइकल खरिदबारे  सक्कल कागजात ल्याएर विस्तृत अनुसन्धान गरिने आयोगका प्रवक्ता रिसालले बताए ।