४४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

४४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

Hollywood Khabar October 01,2021 Comments

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । आगामी कात्तिक २७ देखि ३० गतेसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न जिल्ला अधिवेशन गरिएको रप्रपाले जनाएको छ । राप्रपाका अनुसार यही असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ ।

पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ । पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो ।