-सन्नि सगरमाथा समाजको १० औं बार्षिक साधारण सभा डिसेम्बर २९ मा हुँदै

सन्नि सगरमाथा समाजको १० औं बार्षिक साधारण सभा डिसेम्बर २९ मा हुँदै

Hollywood Khabar December 26,2019 Comments

कृष्ण के सी/अमेरिका/१२/२७/१९

सन्नि सगरमाथा समाजले आफ्नो स्थापनाको १० औं बार्षिक साधारण सभा डिसेम्बर २९, २०१९ का दिन गर्ने भएको छ।

सन्नि सगरमाथा समाज, उत्तरी क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरको दक्षिण तर्फको ठूलो क्षेत्र सन्निभेल शहरमा स्थापना भएको हो। यो शहर विश्व चर्चित सिलिकन भ्यालीको नजिक पर्दछ। फेसबुक, गुगल, एप्पल, भिसा लगायतका हजारौं कर्पोरेटहरु सोहि क्षेत्रका नजिक पर्दछन।

समाजक अध्यक्ष सन्तोष गरीले हलिउडखबरलाइ दिएको जानकारी अनुसार समाजको बार्षिक सभा हुन लागेको हो। सो सभाले नयाँ नेतृत्व चयन गर्ने छैन तर समाजका बिधान, गतिबिधि र अन्य बिषयमा छलफल गर्नेछ।

डिसेम्बर २९, २०१९ आइतबारका दिन 1575 Holt Ave, Los Altos, CA मा दिनको ४ बजेबाट सभा सुरु हुनेछ। सभामा समाजका सदस्य, सो क्षेत्रका नेपाली समुदाय र संचारकर्मी, पत्रकार र अरु सबैलाई समेत उपस्थितिका लागि हार्दीक निमन्त्रणा गरिएको छ।