दशैंअघि नै क्षतिग्रस्त सडक मर्मत गर्न सरकारलाई संसदीय समितिको निर्देशन

दशैंअघि नै क्षतिग्रस्त सडक मर्मत गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Hollywood Khabar September 25,2021 Comments


प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले वर्षाले क्षति पुर्‍याएका सडकहरुलाई दशैंअघि नै मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रुपमा टिकट काट्ने व्यवस्था हटाई अनलाइन प्रणालीबाट बुकिङको व्यवस्था गर्न र अनलाइनबाट टिकट खरिद गर्दा भाडादरमा केही छुट गर्न लगायतका विषयको प्रभावकारी अनुगमन गर्न यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताइन् । बैठकमा सांसदहरुले दशैं तिहार लगायतका चाडपर्वमा यात्रुहरुले बेहोर्नुपरेको सास्तीलाई हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।