संविधान दिवसको अबसरमा नुवाकाटको २ जना कैदीवन्दी रिहा

संविधान दिवसको अबसरमा नुवाकाटको २ जना कैदीवन्दी रिहा

Hollywood Khabar September 18,2021 Comments

संविधान दिवसको अवसरमा नुवाकोटको २ जना कैदीवन्दी रिहा भएका छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसंगै वन्दी जीवन विताइरहेका नुवाकोटको २ जना कैदीवन्दी रिहा भएका हुन् ।

संविधान दिवसको अवसरमा नुवाकोट र रसुवासहित विभिन्न कारागारवाट कैदीवन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिसलाई छानविन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीवन्दी रिहा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा नुवाकोटको दुई जना कैदीवन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन् ।

नुवाकोट कारागारवाट वांकी कैद मिनाहा भएर रिहा हुनेहरुमा नुवाकोटको किस्पाङ गाउंपालिका ५ मनकामनाका कर्तव्य ज्यान मुद्धाअन्र्तगत वन्दी जीवन व्यथित गरिरहेका ३० वर्षिय वीरवहादुर तामाङ र म्यागङ गाउंपालिका ६ सामरीका कर्तव्य ज्यान मुद्धाकै २८ वर्षिय काले भन्ने कालु तामाङ रहेको नुवाकोट जिल्ला कारागारले जनाएको छ । रिहा भएकामध्ये वीरवहादुर १० वर्षदेखि र कालु ५ वर्षदेखि कारागारमा वन्दी जीवन व्यथित गरिरहेकोमा उनीहरुको वांकी कैद सरकारले मिनाहा गरिदिएपछि आइतवार रिहा गरिएको नुवाकोट कारागारका प्रमुख जेलर दुर्गा वाग्लेले जानकारी दिए ।

संविधान दिवसकै अवसरमा रसुवा कारागारवाट वांकी कैद सजाय मिनाहा भई रिहा हुनेहरुमा थुमी ७ गोरखाका कर्तव्य ज्यान मुद्धाका ३८ वर्षिय भरत खत्री, पांचखाल ७ काभ्रेका चोरी मुद्धाका ३३ वर्षिय सरोज तिमिल्सिना, नुवाकोटको भद्रुटारका कर्तव्य ज्यान मुद्धाका ४० वर्षिय फुलमान तामाङ, सोही ठेगाना भई सोही मुद्धाका दोषी ४१ वर्षिय रामवहादुर तामाङ, र खैरहनी–३ चितवन घई भई वहुविवाहको मुद्धामा वन्दी जीवन विताइरहेकी २६ वर्षिया प्रियंका सुवेदी रहेको रसुवा कारागारले जनाइएको छ ।

अदालतले दोषी ठहर गरि वन्दी जीवन व्यथित गरिरहेकाहरमध्ये असल चालचलन भएका र ५० प्रतिशत कैद भुक्तान गरिरहेकाहरुलाई रिहा गरिएको हो । बलात्कार, भ्रष्टाचार, राज्य विरुद्धको अपराधलगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई भने कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ । ति वाहेक नकारात्मक सूचिमा नपरेको मुद्धामा दोषी ठहर गरि ५० प्रतिशत भन्दा वढि कैद भुक्तान गरिसकेकाहरुलाई सम्वन्धित कारागार कार्यालय, जिल्ला प्रशसन कार्यालयको रायसहितको सिफारिसका आधारमा सरकारले वांकी कैद मिनाहा गरि मिनाहा दिएको हो । सरकारले संविधान दिवससहित फागुन ७ गतेको प्रजातन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आएको छ ।