Sanctuary Cities अमेरिकाको लागि खतरा छ: राष्ट्रपति ट्रम्प

Hollywood Khabar March 14,2018 Comments

तपाइहरु धेरैलाइ Sanctuary Cities बारे थाहा नै होला । उसो त तत्काल Sanctuary City बारे चलेका चर्चा र अमेरिकी इमिग्रेशनका कुरासंग जोडिएका घटना पनि थाहा हुनुपर्छ। स्थानिय सिटीहरु, राज्य र फेडरल कानुन बीच भएको चर्चाबारे पनि जानिफकार नै हुनुहुन्छ होला। Sanctuary Cities ले तत्काल अदालतबाट डिपोर्ट भएका, गैर-कानुनी रुपमा बसेका व्यक्तिहरुलाई केहि सिटीहरुले आफ्ना वासिन्दाहरुको सुरक्षाको कुरा उठाउँदै रेड गर्ने क्रममा फेडरल सुरक्षा निकायसंग असहयोग गर्दै आएको आरोप र समाचारहरु आएका छन्।
व्हाइहाउसका अनुसार Sanctuary Cities लाइ अमेरिकी राष्ट्रपित डनल्ड ट्रम्पले खतरा भएको कुरा बताउनुभएको छ। राष्ट्रपित ट्रम्पले हालै क्यालिफोर्निया राज्य भिजिट गर्दा अमेरिकी सुरक्षामा सिमाबाट हुने गैर-कानुनी प्रवेश, स्थानिय सिटीहरुको फेडरल सुरक्षामा असहयोग देखिन आएकोले Sanctuary Cities खतरा भएको बताउनु भएको हो। राष्ट्रपित ट्रम्पले क्यालिफोर्नियाको मेक्सीकोसंग बोर्डर सुरक्षा वालबारे अवलोकन गर्नेक्रममा सो कुरा बताउनु भएको हो।
राष्ट्रपित ट्रम्पले क्यालिफोर्निया राज्यको Sanctuary Cities संबन्धि नीति गैर कानुनी र अबैधानिक भएको यसले पुरै अमेरिकाको सुरक्षालाइ खतरामा पुर्याएको बताउनु भएको छ। उहाँले आफ्नो ट्विटमा Sanctuary को नीति अनुसार हजारौं अपराधी र खराव व्यक्तिहरुलाइ छुट दिइएको र आजाद रुपमा छोडेको आरोप समेत लगाउनु भयो। सो क्रममा उहाँले बोर्डरवाल बाट ठूलो धनरासीको रक्षा हुने करा समेत बताउनुभयो।