सेजनको अध्यक्षमा जनार्दन बराल निर्वाचित

सेजनको अध्यक्षमा जनार्दन बराल निर्वाचित

Hollywood Khabar September 03,2021 Comments

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँपत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरेका छन् । 

निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता चेतबहादुर अधिकारी (सिबी) , अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् । 

यसअघि सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थी लगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।