सीमा नाकामै कोरोनाविरूद्धको खोप

सीमा नाकामै कोरोनाविरूद्धको खोप

Hollywood Khabar September 02,2021 Comments

पश्चिमी सीमा नाका गड्डाचौकी भएर भारतबाट आउने नेपालीलाई कोरोना विरूद्धको खोप लगाउन थालिएको छ।सीमा नाकामै रहेको हेल्थ डेस्कमा १८ वर्ष माथिका नेपालीलाई एस्ट्राजेनेका खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। 

ुएक सता अघिदेखि खोप लगाउने कार्य सुरू गरेका हौुं, उनले भने, ुहालसम्म भारतबाट फर्कने ३०० भन्दा बढीलाई खोपको पहिलो मात्रा दिइएको छ।ु सीमा नाकामा पहिलो खोप लाउनेले दोस्रो मात्रा सम्बन्धित जिल्लामै लागाउनुपर्ने भएको छ। दैनिक सीमा नाका भएर आउने ५० भन्दा बढी आउने गरेका छन्।

खोपको सामान्य ‘साइड इफेक्ट’ रहे पनि हालसम्म यहाँ खोप लगाएकाहरूमा कुनै जटिल समस्या  देखिएको छैन। सीमा नाकामा आइपुग्नेलाई खोप लगाए नलागाएको निर्क्यौल गरेपछि मात्रै लगाइने र जटिल अवस्थाका र दीर्घरोगीलाई भने खोप नलगाइने यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ थियो।

कार्यालयका अनुसार हालसम्म जिल्लामा एक लाख सात हजार १६३ ले  खोपको पहिलो मात्रा लगाइसकेका छन् भने ६४ हजार ७९५ ले दोस्रो मात्रा पनि लगाइसकेका छन्। रासस