Hollywoodkhabar advertisement

चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारी टोली हुम्ला पुग्यो

चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारी टोली हुम्ला पुग्यो

नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको अध्ययन गरिने तर मौसमले साथ नदिएमा १३ वटा मात्रै स्तम्भको अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । 


गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्य नेतृत्वसहितको सात जनाको टोली शनिबार हुम्ला पुगेको हो । टोलिमा सहसचिव आचार्य, नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल र सोही विभागले तोकेको दुई विज्ञ तथा नेपाल प्रहरीका अधिकारीसहित सात जना रहेको प्रमुख जिल्ला अधिकारी आर्चायले जानकारी दिए । अध्ययन टोलीले चीनसँग जोडिएका हुम्लाका सिमानाको अध्ययन गरिसकेपछि मात्रै चीनले सीमा मिचेनमिचेको निष्कर्ष निकाल्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

गत वर्ष नाम्खा गाउँपालिका–६ लिमिको लोलुङजोङमा चीनले निर्माण गरेका भवन नेपाली भूमिमा भएको खबर सार्वजनिक भएपछि पहिलो पटक सरकारी टोली स्थलगत अध्ययनका लागि हुम्ला पुगेको थियो । गत वर्ष हुम्लामा पर्ने नेपाली क्षेत्रमा चिनियाँ पक्षले सीमा मिचेर केही संरचनाहरू निर्माण गरेको भन्ने विवाद उत्पन्न भएको थियो ।

यही भदौ १७ गते मन्त्रिपरिषद्ले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी र त्यस आसपासका क्षेत्रमा चीनले सिमाना मिचेको विषयमा स्थलगत अध्ययन गर्न समिती गठन गरेको थियो । टोलीले हुम्ला आइपुगेपछि जिल्लाका राजनीतिक दल, स्थानीय प्रशासक, नागरिक समाज, जनप्रतिनिधिलगायत शनिबार सीमाका सम्बन्धमा छलफल भएको छ । रासस

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----