इजरायल जान ६ हजारभन्दा बढी युवाले दिए भाषा परीक्षा

इजरायल जान ६ हजारभन्दा बढी युवाले दिए भाषा परीक्षा

Hollywood Khabar September 12,2021 Comments

सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो । परीक्षा सञ्चालनमा शान्तिपूर्ण तवरमा भएको विभागका सूचना अधिकारी तथा प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए । परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए ।

योग्यता पुरा गरेर प्रवेशपत्र लिनेमा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ जना महिला थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना सहभागी भएको र ६९२ जना अनुपस्थित रहेको ज्ञवालीले जानकारी दिए । उनका अनुसार ओएमआर प्रविधिबाट उत्तरपुस्तिका जाँच हुने भएकाले नतिजा आउन लामो सम नलाग्ने उनले बताए । कम्तिमा १६८० जनाले अन्तर्वार्ता दिनेगरी भाषा परीक्षाको नतिजा प्रकाशन हुनेछ  ।

त्यसपछि अन्तरवार्ता लिने र त्यसपछि इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिनेछ । सो सूची इजरायल सरकारलाई पठाइनेछ । इजरायलले सो सूचीबाट कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको छनोट गर्नेछ । छनोट प्रक्रिया सकिएपछि ७०० महिला र ३०० पुरुष इजरायल रोजगारको लागि जान पाउनेछन् ।