-एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा ललितपुरकी सुन्दरी लामा उम्मेदवार

एनआरएनए एनसीसी स्पेनको उपाध्यक्षमा ललितपुरकी सुन्दरी लामा उम्मेदवार

Hollywood Khabar June 12,2021 Comments

हलिउडखबर, अमेरिका, जुन १३, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनअरएनए एनसीसी) स्पेनको २०२१-२०२३ कार्यकालमा उपाध्यक्ष पदका लागि ललितपुरकी सुन्दरी लामा उम्मेदवार भएकी छन्।

नेपाल पर्यटन सेवा मात्र होइन हाल स्पेनमा रहेकी लामाले स्पेनमा समेत सो काम गर्दै आएकी छन्। यति मात्र होइन उनि अन्तराष्ट्रिय टुर लिडर भएर नेपालमा ५/७ बर्ष काम पनि गरेकी थिइन। थुप्रै ग्रुपहरुलाई बेस क्याम्पसम्म टुर लिडगर्दै लिएर जाने काम पनि गरिन।

नेपालमा सुन्दरी लामा:

  • ललितपुरमा जन्मेर हुर्नेकी सुन्दरी लामाले पाटन संयुक्त क्याम्पसमा आफ्नो पढाइ गरेकी थिइन। कजेल देखि नै नेपाल बिधार्थी संघको राजनीतिमा सक्रिय थिइन सुन्दरी लामा।
  • नेपाली कांग्रस ललितपुर जिल्लाको मनोज डंगोलको नेतृत्वको कार्यकलामा नेपाली कांग्रेस पार्टीको जिल्ला सदस्य समेत भएर काम गरेकी थिइन उनले।
  • प्राबिधिक शिक्षा तथा ब्याबसायिक तालिम केन्द्र अन्तर्गत बनेपाको प्राबिधिक केन्द्रबाट नर्सिङ्ग पास गरेकी हुन लामाले। त्यसपछि उनले वर्ल्ड ब्याङ्कको भक्तपुर खानेपानीमा स्यनिटेशन क्षेत्रमा २ बर्ष काम गरिन।
  • ललितपुरको तत्कालिन उपमहानगरपालिका हालको महानगरपालिकाको हेल्थ सेक्शन सुरु गरेर सेवा दिने पहिलो नर्स मध्येकी एक पनि हुन सुन्दरी लामा।
  • उसो त उनि थापाथाली अस्पतालको प्राबिधिक तालिम केन्द्र अन्तर्गत अनमीहरुको लागि पढाउने काम पनि गर्थिन।

स्पेनमा सुन्दरी लामा:

  • विदेश जाने शिलसिलामा सुन्दरी लामा २००७ मा स्पेन पुगिन।
  • स्पेनमा पुगेर त्यहाँ एक कम्पनिमा ७ बर्ष सम्म प्रशाशन फाँटमा र पछि नर्सको रुपमा काम गदै आएकी छन।
  • स्पेनमा सुन्दरी लामा सामाजिक क्षेत्रमा सक्रिय रहेकी छन्। उनको संलग्नता दर्जन भन्दा धेरै संस्थाहरुको जिम्मेवारीमा छ।

गैरआवासीय नेपाली संघमा सुन्दरी लामाको संलग्नता:

  • सुन्दरी लामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) स्पेनका गतिबिधिहरुमा सक्रिय छन्।
  • एनआरएनए एनसीसी स्पेन सुरुवाट नै सक्रिय थियो तर पनि पब्लिकमा भने आउने गरेको थिएन। गोप्यरुपमा नेतृत्व चयन गर्ने चलन थियो। २०१९ देखि मात्र अलिकति बाहिर आउन थालेको हो। त्यसपछि लामा एनआरएनए एनसीसी स्पेनमा समेत संलग्न हुन थालेकी हुन्।
  • २०१९ मा स्पेनको पंजीकृत सदस्य हुन भएकी हुन् लामाले। संघको बिधि-बिधान र प्रबिधि अनुरुप सबैको संस्था एनआरएनए हुनुपर्छ भनेर लाग्ने लामा संघभित्र हरेक खाराव नियत भएका कुरा, बिषय, व्यक्तिहरुको जरो पक्डेर सहि गर्न लागि पर्ने गर्छिन। यसैले गर्दा लामा स्पेन मात्र होइन सिंगो एनआरएनभित्र एक जुझारु, युवा महिला पनि हुन्।

हाल एनआरएनएमा उनको जिम्मेवारी

  • एनआरएनए आइसीसीको मानव तस्कर नियन्त्रण कमिटि संयोजक-२०१९-२०२१
  • एनआरएनए आइसीसीको यूवा सशक्तिकरण स्वास्थ्य तथा शिक्षा कमिटी सदस्य-२०१९-२०२१
  • एनआरएनए आइसीसीको डोमेस्टिक भायोलेशन तथा हटलाइन कल सेवा कमिटी सदस्य-२०१९-२०२१
  • एनआरएनए आइसीसीको युरोप क्षेत्र स्वास्थ्य समिति सदस्य-२०१९-२०२१
  • एनआरएनए आइसीसीकोको लण्डनमा हुने तेश्रो स्वास्थ्य सम्मेलन आयोजक सदस्य-२०२१
  • एनआरएनए आइसीसीको नर्स समिती सदस्य-२०१९-२०२१

गैरआवासीय नेपाली संघमा पारदर्शिता, सेवामुखी र ब्यबसायिक बनाउन नै आफू उम्मेदवार भएको बताउने लामा यो पटक आफू जित्ने कुरामा ढुक्क छिन। वर्तमान रुपमा एनआरएनए आइसीसीको महिला र युवा कमिटीमा सबैभन्दा सक्रिय देखिएकी सुन्दरी लामाप्रति सबैले आशाको रुपमा हेर्ने गरेका छन्। उनी हामी नेपाली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन, नेपाल रेडक्रसको आजीवन सदस्य समेत हुन्।