Hollywoodkhabar advertisement

तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नु, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती

तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नु, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती

एजेन्सी,अफगानिस्तानमा तालिवान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ । ‘अनुकूल वातावरण नहुन्जेल’ भन्दै तालिवानले अर्थमन्त्रालयका महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको हो । तर, पुरुष कर्मचारीलाई भने काममा फर्किन भनिएको छ ।  पुरुष कर्मचारी काममा नफर्किए उनीहरुलाई जागिरबाट निस्कासन गर्ने चेतावनी दिएको छ । एक तथ्यांकअनुसार अफगानिस्तानमा ४ लाख सरकारी कर्मचारी छन् । ती मध्ये एक लाख २० हजार महिला छन् । 

अधिकांश महिला कर्मचारी शिक्षा क्षेत्रमा छन् । त्यस्तै, करिब ५ हजार महिला कर्मचारी सुरक्षा क्षेत्रमा छन् । यसैबीच, तालिवानले अफगान राष्ट्रपतिको कार्यलयमा आफ्नो झण्डा फहराएको छ । तालिवानले राजधानी काबुलको सुरक्षा सतर्कता कडाइ पारेका छन् ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----