महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

Hollywood Khabar August 24,2021 Comments

एजेन्सी । अफगानिस्तानमा बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तालिवानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ । तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो । राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको दाबी गर्नुभएको थियो ।

तालीवान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।