तस्बिर साभार वेब

यूएईमा ६ जना नेपालीमा कोरोना सङ्क्रमण, २ जना निको भए

Hollywood Khabar March 29,2020 Comments

१८ चैत्र काठमाण्डौं।संयुक्त अरब इमिरेट्स  (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको पुष्टि भएको छ।यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो।तीमध्ये दुई जना नेपाली निको भएका छन् ।

मन्त्रालयका अनुसार यूएईमा फागुन २६ (९मार्च) ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ (९ मार्च) २७० मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ (९ मार्च) २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना गएको चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेका नेपालीको अवस्था सामान्य रहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रिता धितालले जानकारी गराएकी छिन् ।