एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

Hollywood Khabar September 28,2021 Comments

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ ।

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको जनाएका छन् । कोईरालाले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने बताएका छन् ।

यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाएको थियो । प्राथमिक तहमा १२ हजार ९१२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५९३ पद र माध्यमिक तहमा एक हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरेको थियो ।