एक बुथ हन्ड्रेड युथ : एमाले युवा सघ सचिव नरेश शाही

Hollywood Khabar April 17,2017 Comments

लगभग दुइ दशक पछि हुन लागेको वैशाख ३१ गतेको स्थानीय निकायको निर्वाचनमा नेपालका राजनैतिक पार्टीहरु आफ्नो तयारीमा छन्। यसै क्रममा एमालेले स्थानिय चुनाबमा पक्कड ल्याउन आफ्ना युवाहरु परिचालन गर्ने भएको छ।

लगभग दुइ दशक पछि हुन लागेको वैशाख ३१ गतेको स्थानीय निकायको निर्वाचनमा नेपालका राजनैतिक पार्टीहरु आफ्नो तयारीमा छन्। यसै क्रममा एमालेले स्थानिय चुनाबमा पक्कड ल्याउन आफ्ना युवाहरु परिचालन गर्ने भएको छ।

यसै क्रममा एमालेको भात्री संगठन युबा संघका सचिव नरेश शाहीले निर्वाचनबारे आफ्नो धरणा सार्वजनिक गरेका छन्। शाही भन्छन यो निर्वाचन इतिहामा धेरै महत्वपूर्ण छ। संविधान कार्यन्वयनको पहिलो खुड्किलो मात्र होइन यो निर्वाचन संविधान कार्यान्वयनको आधारशिला ह। नेकपा एमाले अहिले प्रतिपक्ष दल हो। एमालेलाई सबैभन्दा बढी देशको चिन्ता छ। यो देश कतातिर लैजाने भनेर बहसको केन्द्र भागमा छ। यो निर्वाचन सफल भएमा देश एक स्टेप अगाडि प्रगतिको बाटोमा जानेछ। यो निर्वाचन नेकपा एमालेले जित्नु पनि त्यति नै आवश्यक छ। एमालेले जितेन भने यो देशमा राष्ट्रियता खतारामा पर्नेछ। विकासतिर देश जाँदैन। त्यसकारण यो निर्वाचन जसरी पनि एमालेले जित्नु पर्छ। 

एमालेका धेरै जनवर्गीय सङ्गठनमध्ये एक युवा संघ नेपाल हो। यो एमालेको मेरुदण्ड नै हो भन्दा फरक पर्दैन। यो मेरुदण्डले पार्टी कस्तो बनाउने भन्ने पनि हुन्छ। मेरुदण्ड ठीक भएमात्र मान्छे उभिन सक्छ। हिँड्डुल गर्न सक्छ। यही हो युवा सघ एमालेका लागि। त्यसकारण हामीले निर्वाचन एमालेले जित्नुपर्छ भनेर मात्र हँदैन। यसका लागि युवा सघ फिल्डमा खटिनु आवश्यक छ।

अहिले युवा सघ हरेक नेपालीको घरघरमा पुगेको छ। यसका लागि केन्द्रमा निर्वाचन परिचालन समिति बनाएका छौँ। यो क्रम हरेक जिल्ला जिल्लामा र गाउँ गाउँमा लागू गरेका छौँ। युवा सघ यो निर्वाचन जित्नमा कुनै कसर छोड्दैन। यो भनिरहँदा गलत बाटोबाट होइन। लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित भएर निर्वाचनमा होमिने छौँ। यसको काम भनेको एमालेका नीति कार्यक्रम र एमालेले जिते पछि के गर्छ? यसको मुख्य उद्देश्य के हो ? यो सबै कुरा युवा सघले हरेक नेपालीलाई बुझाउने छ।

नेपालमा भ्रष्टाचार बढेको छ। यो रोक्न एमालेले जित्नु छ। नेपाली काङ्ग्रेस के हो? उसका नेताहरुका विगत हरेक नेपाली जनतालाई सुनाउनु पर्छ। काङ्ग्रेसका स्थानीय भ्रष्टाचारीहरुलाई पनि यही निर्वाचनबाट पाखा लगाउन युवा सघ हरदम तयार छ। यो देशलाई भ्रष्टाचार मुक्त बनाउनु छ। यसका लागि एमालेको हातमा स्थानीय तहदेखि सघीय निर्वाचन जित्नु अनिर्वाय छ।

कुनै पनि जीवित सङ्गठनमा विचारको बहस हुन्छ। विवाद हुन्छ, छलफल हुन्छ। यो बहस, विवाद छलफल ध्वंशात्मक होइन, निर्माणात्मक हुन्छ। यसलाई अन्यथा लिनु हँदैन। यदि सङ्गठनमा बहस छलफल भएन भने त्यो सङ्गठन मृततुल्य हुन्छ। बहस छलफल हुने भनेको जीवित प्राणीमा हो। त्यसकारण सङ्गठन भनेको जीवित हुन्छ। अझै हामी कम्युनिष्टमा यो बढी हुन्छ। हरेक वस्तुलाई द्वन्द्ववादी तरिकाले हेर्छौं। त्यसकारण सङ्गठनमा हुने बहस छलफल भनेका वैचारिक हुन्छन्।

यो विचारको बहसले एमालेका उम्मेद्धार हराउने भन्ने हँदैन। पार्टीले टिकट दिएका उम्मेद्धारहरु नै हामी सबैका उम्मेद्धार हुन्। एमालेका उम्मेद्धारले जित्नु नै अबको राज्य व्यवस्था कस्तो हुने भन्ने हो। संविधानमा नै अब देश समाजवादमा जानेछ भनेको छ। यसको आ-आफ्नै तरिकाले अर्थ लगाउन थालेका छन्। तर यसको वास्तविक अर्थ कम्यूनिष्टमा आधारित समाजवाद हो। यसका लागि एमाले नै जित्नुपर्छ। नेपाली काङ्ग्रेसले भन्ने गरेको समाजवाद भनेको पुँजीवाद नै हो। उसले समाजलाई देशलाई समानतामूलक समाज निमार्ण गर्दैन। यस्तो समाज निमार्ण गर्न एमाले नै चाहिन्छ। माओवादी केन्द्र अहिले अस्तित्व रक्षामा लागेको छ। उसले जित्ने सम्भावना धेरै कम छ। अहिलेको प्रतिस्पर्धा भनेको काङ्ग्रेस–एमालेको हो। यदि यो निर्वाचनमा काङ्ग्रेसले जित्यो भने देश भ्रष्टाचार, गरिबीमा डुब्ने छ। यसकारण युवा संघ एमाले जिताउन टाउकोमा रातो कफन बाधेर निर्वाचनमा होमिन्छ।

यो निर्वाचनमा युवा संघले हरके मतदातालाई मतदान केन्द्रमा पुगेर मतदान गर्न सहयोग गर्ने छ। कसैले मतदान केन्द्रमा गडबढी गर्न खोज्यो भने त्यसका विरुद्ध पनि लाग्ने छ। शान्तिपूर्ण रुपमा मतदान गर्न युवा संघ महत्वपूर्ण भूमिका खेल्ने छ। हामीले भनेका छौँ एक बुथ हन्ड्रेड युथ। यी युथहरुले निर्वाचन क्षेत्रमा कसैले निर्वाचन विथोल्न खोज्छ भने त्यसलाई रोक्ने छ। अहिले निर्वाचनमा सबैको चासो बढेको छ। करिब करिब दुई दशक पछि हुन गइरहेको छ। २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचन बल्ल अहिले हुँदै त्यो समयमा जन्मेको मान्छे अहिले भोटर भइसकेको छ। अब पनि निर्वाचन भएन भने देश बर्बादीतिर जान्छ। देशलाई बर्बादी हुनबाट बचाउन युवाहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्नेछ।

समाज परिवर्तन गर्नमा जति युवाको भूमिका हन्छ। त्यति अरुको हुँदैन। अरुको हुँदै हुँदैन भनेको होइन। तर युवाहरुको भन्दा कम हुन्छ। किनभने युवा भनेको दिमागले स्वस्थ र शारीरिक रुपमा स्वस्थ र पारिवारिक रुपमा पनि कम जिम्मेवारी कम हुन्छ। उसले अरुका लागि काम गर्नुपर्छ भन्ने सोच हुन्छ। जब मान्छे ४० को उमेरभन्दा माथि हुन्छ। उसले घर परिवारलाई बढी ध्यान दिन्छ। ६० भन्दा बढी उमेरकाहरुले रिटार्यड जीवन जिउने हो। यो कुरा एमालेले बुझेको छ। हामीले पनि पार्टीलाई सकेसम्म बढी भन्दाबढी युवाहरुलाई टिकट दिनुपर्छ भनेका छौँ।

***एमाले युबा संघ उपाध्यक्ष दिलु पन्तको अनुरोधमा रातो पाटीबाट साभार