ऋषभ घिमीरे गोदावरी

कविता : आमा

Hollywood Khabar July 12,2017 Comments

आमा हुन् सर्व उत्कृष्ट 
आमा दिब्य स्वरूप हुन् 
 बेवेक शक्ति हुन्  अामा ...
 आमा देव समान हुन । 
 आमा हुन् ज्ञानकी ज्योती
आमा हुन् काव्य मंजरी
श्रद्धाकी मुर्ति हुन् आमा 
आमा हुन् स्नेह निर्झरी।
ममताकी प्रतिमूर्ति .......
आमा प्रेम उमार्दथिन 
आमा संतानका लागि ....
ईतिहास बनाउथिन ।
मैन झै पंग्लदै
आमा उज्यालो ज्योति छर्दथिन
तिलस्मी हातले दिब्य ..
सबैको आँत भर्दथिन।।
खोपेर छातिमा चित्र .....
आमालाई सजाउछु 
आमा हुन् देशकी मेरी .....
सबैलाई चिनाउछु। 
आमाको त्याग संझेर ....
श्रद्धाभाव बढाउछु 
पुष्पगुच्छा टिपि नित्य ....
आमालाई चढाउछु ।।
धरा हुन धरणी आमा .....
चेतनापुञ्ज हौ तिमी 
सृष्टिको रचना चक्र आस्थाकि कुञ्ज हौ तिमी ।
आकाश धर्ति हुन् आमा 
 आमा हुन्  मातृवत्सल 
 म देख्छु जुनमा हर्दम् ...
 आमाकै रूप झल्मल।।