तस्बिर साभार वेब

आलमको बयान सकियो थुनछेक बहस शुरू

Hollywood Khabar November 06,2019 Comments

२१ कार्तिक काठमाडौं। निलम्वित कांग्रेस सांसद मो. अफताव आलमको बयान सकिएको छ।बयान बिहिबार एक बजे सकिएको हो।तीनवटै मुद्धामा आलमलाई न्यायधीश दिपक ढकालले तीन दिनमा ६० प्रश्न सोधेका थिए।घटना सम्बन्धमा सोधिएका सबै प्रश्नहरुको जवाफमा आलमले इन्कारी बयान दिएका छन्।

पीडितको पक्षबाट पूर्व महान्यायाधिवक्ता डा.युवराज सङग्रौला,वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिक राम कार्की,गोविन्द शर्मा,ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी लगायतले बहस गर्ने बताइएको छ।प्रतिवादी आलमको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरेलगायत रौतहट आइपुगेका छन्।

बिहीबार नै थुनछेक बहस सुरु हुने जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए। आलमलाई तीनवटै मुद्धामा ३२ वर्ष कैद माग गर्दै सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको छ।