-राष्ट्रपति भण्डारीबाट आफ्नै आमा र पुजारी अर्यालबाट दशैंको टिका ग्रहण

राष्ट्रपति भण्डारीबाट आफ्नै आमा र पुजारी अर्यालबाट दशैंको टिका ग्रहण

Hollywood Khabar October 14,2021 Comments

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको शुभ साइतमा आफ्नै आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण गरेकी छन्।

अक्टुवर १५, २०२१ शुक्रबार राष्ट्रपति भण्डारीले बिहान १० बजेर २ मिनेटको शुभ साइतमा राष्ट्रपति कार्यालय, शीतल निवासमा टीका ग्रहण गरेकी छन्। सो अवसरमा उनले आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्।

त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरेकी हुन्। सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेका थिए। सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यहरुलाई पनि टीका लगाइदिइन्।तर कोरोनाको महामारीको कारणले गर्दा सर्वसाधरणलाई टीका लगाइदिने कार्यक्रम भने स्थगन गरियो।