साङ्केतिक तस्बिर:साभार वेब

आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम बर्षाको सम्भावना

Hollywood Khabar October 06,2019 Comments

२१ असोज,काठमाडौं।पश्चिम बंगलको उत्तर तर्फ रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु–भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु–भागमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम बर्षाको सम्भावना रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ।

मंगलबार दिउँसोको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।त्यस्तै रातीको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।