साङ्केतिक तस्बिर:साभार वेब

अब २ लाखभन्दा बढी भुक्तानी गर्दा चेक काट्नु नपर्ने

Hollywood Khabar September 09,2019 Comments

२४ भाद्र काठमाण्डौं।२ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्न पर्ने अवस्थाको अन्त्य भएको छ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आइतबार २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग (रियल टायम ग्रस पेमेन्ट सिस्टम) आरटीजीएस प्रणाली लागू गर्न सम्झौता गरेसँगै २ लाख रुपैयाँमाथिको भुक्तानी गर्दा चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो।

राष्ट्र बैंकले मंगलबार २४ गतेसम्ममा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।राष्ट्र बैंकले यही भदौ १९ गते आरटीजीएस नियमावली ल्याएको थियो । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गर्नुपर्ने गरि सम्झौता भएको उहाँले बताउनुभयो। 

२ लाखभन्दा माथिको भुक्तानी आरटीजीएस प्रणालीबाट नै गरिनुपर्ने भए पनि तत्कालका लागि स्वेच्छिक गरिएको मिश्रले बताउनु भयो । केही समयपछि २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी पनि आरटीजीएस मार्फत नै व्यवस्था गर्ने जानकारी दिनुभयो।साथै उहाँले आरटीजीएस प्रणाली लागू भएपछि अन्तर बैंक भुक्तानी गर्दा चेक नचाहिने र खातावालाको बैंकको खाता नम्बरबाट नै भुक्तानीको आदेश दिएपछि तुरुन्तै भुक्तानी भइहाल्ने बताउनुभयो । यो प्रणाली लागू भएपछि बैंकहरुको ठूलो खर्च जोगिने पनि उहाँले भन्नुभयो।