१३ माघ,काठमाडौं।सरकारले देशभरका अवैध क्रसर र उत्खनन् रोक्ने भएको छ। गृह मन्त्रालयले सोमबार देशभरका अवैध ढुंगा, गिट्टी, बालुवालगायत नदी र खानीजन्य उत्खननमा संलग्न उद्योगहरू दर्ता भए\नभएको बुझ्न तीन सदस्यीय समिति गठन गरेको छ ।गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय समितिलाई दर्ता, मापदण्ड साथै पर्यावरण अनुकूल भए\नभएको विस्तृत विवरणसहितको प्रतिवेदन दिन कार्यादेश दिइएको छ।बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र वनमन्त्री शक्तिबहादुर बस्नेत,तीन वटै सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
-बैठक
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता