-अबैतनिक महावाणिज्यदूत एसी शेर्पा

एसी शेर्पालाइ अर्को ४ वर्षका लागि महावाणिज्यदूत पदभार थप

Hollywood Khabar October 09,2020 Comments

कृष्ण के सी, अमेरिका, १०/९/२०२०

नेपाल सरकार मन्त्रिपरिषदको असोज १९, २०७७ मा बसेको बैठकले अमेरिकाको वाशिङ्गटन स्टेट, सियाटल शहरमा रहँदै आउनु भएका अबैतनिक महावाणिज्यदूत एसी शेर्पालाइ आगामी ४ बर्ष सम्मको लागि कार्यकाल थप गरेको छ।

मन्त्रिपरिषदले अवैतनिक बाणिज्यदूत सम्बन्धि पाँचौ संसोधन नियमावली २०३९ को व्यवस्था बमोजिम उक्त निर्णय गरेको हो। निर्णय अनुसार अमेरिकाका अन्य अवैतनिक महाबाणिज्यदूत तथा बाणिज्यदूतलाई हेरफेर र कार्यकाल थप गरेको छ। हाल अमेरिकामा ८ जना वाणिज्यदूत र महावाणिज्यदूतहरु रहनु भएको छ।

अमेरिकामा नेपाली राजदूतावास बाहेक ८ जना महावाणिज्य र वाणिज्यदूत मध्ये एसी शेर्पा र मर्भिन ए ब्रसटिनले मात्र नेपाली भिसा प्रदान गर्नुहुन्छ। महावाणिज्यदूत एसी शेर्पाले हलिउडखबरसँग कुरा गर्दै आफूले गत ४ बर्षमा १,००० भन्दा धेरै व्यक्तिलाइ नेपाली भिसा प्रदान गरेको जानकारी दिनुभयो। त्यसबाट ५० हजार अमेरिकी डलर भन्दा धेरै भिसा शुल्क जम्मा भएको छ।

महावाणिज्यदूत एसी शेर्पा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय उपसंयोजक र वर्तमान सल्लाहकार समेत हुनुहुन्छ।