-आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता-संग्रहकाे विमाेचन

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता-संग्रहकाे विमाेचन

Hollywood Khabar April 21,2019 Comments

आचार्य पीपलमणि सिग्देलद्वारा लिखित ‘आँकुरापुञ्ज’ कविता-संग्रहकाे विमाेचन लंग आइल्यान्ड नेपाली समाजकाे आयाेजनामा न्यूयाेर्ककाे हिक्सभिलमा शनिबार सम्पन्न भयाे ।

प्रमुख अतिथि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीले याे कृति नेपाली साहित्यकाे नाैलाे आयाम लिएर आएकाे बताउनुभयाे । विमाेचन गर्दै उहाँले साहित्यकाे एेतिहासिक विकास र समीक्षा तथा कविता भागलाई अलग-अलग खण्डमा प्रकाशन गर्न उपयुक्त हुने बताउनुभयाे ।

विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी बाेर्ड अफ ट्रष्टी गीता खत्रीले याे कृतिभित्र नेपाली गद्य कविताका प्रतिनिधि कविता समेटिएकाले पाठकलाई निकै उपयाेगी हुने बताउनुभयाे।

अतिथिकाे आसनबाट बाेल्दै नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयाेजक विष्णु सुवेदीले कृतिलाई अंग्रेजी भषामा अनुवाद गर्न आफूले पनि सहयाेग गर्ने बताउनुभयाे ।

सभामा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वांगले १५ वर्ष पहिले गणतान्त्रिक आन्दाेलनमा ‘निरन्तर शनिबार’ कार्यक्रममार्फत् कवि सिग्देलसँगै कविताबाट नै विद्राेहकाे शंखघाेष गरिएकाे स्मरण गर्नुभयाे ।

कृतिकाे समीक्षा गर्दै डा. हरि दाहालले कृतिकाे भूमिका खण्डमा कवितात्मक रुपमा सिग्देल वंशावली पस्किएकाले पूर्खाकाे सम्मान गर्ने नयाँ प्रयाेग गरिएकाे बताउनुभयाे ।

कृतिका लेखक पीपलमणि सिग्देलले सबैलाई धन्यवाद दिंदै भविष्यमा थप उर्जाका साथ साहित्य सिर्जनामा लाग्ने अठाेट व्यक्त गर्नुभयाे ।

सभामा जयतु संस्कृतम् अमेरिका शाखाका महासचिव श्रीहरि कँडेल, एनआरएनए अमेरिका न्यूयाेर्क च्याप्टरका सभापति रामहरि अधिकारी, उपसभापति विष्णु राना, महासचिव महेश खड्का, जनसम्पर्क समिति अमेरिका लंग आईल्यान्ड च्याप्टरका अध्यक्ष विश्वराज वास्ताेला, उपाध्यक्ष विनाेद थापा, जनसम्पर्क समिति अमेरिका न्यूयाेर्क च्याप्टरका महासचिव महेश मल्ल, उपाध्यक्ष अमर तामांग, रिजउड नेपाली समाजका महासचिव दीपकराज काफ्ले, धादिंग समाजका अध्यक्ष दिवाकर पाण्डे, समाजसेवी यम अधिकारी, एनआरएनए अमेरिकाका पूर्व बाेर्ड अफ डाइरेक्टर हरिश्चन्द्र हमाल, साहित्यकार कुन्ती थापा, क्वीन्स कम्युनिटी ५ का बार्ड मेम्बर ज्ञानल थापा, ने.वि संघका पूर्व केन्द्रीय सदस्य अन्जन चाैंलागाईं, साहित्यकार विजया सिंखडा, अच्युत सिग्देल, पत्रकार बद्री गाैतम, लंगआईल्यान्ड नेपाली समाजकी उपाध्यक्ष कल्पना थापालगायतका वक्ताहरुले नेपाली साहित्यकाे विविध आयामकाे चर्चाका साथ लेखकलाई शुभकामना दिंदै निरन्तर लेखन कार्यमा लाग्न सल्लाह समेत दिनुभएकाे थियाे।

प्रमुख अतिथि, विशेष अतिथिका साथै लेखकका पिता डिल्लीराम सिग्देलले पनि संयुक्तरुपमा कृति विमाेचन गर्नुभएकाे थियाे। आचार्य श्रीहरि कँडेलद्वारा स्वस्तिवाचन, दीप प्रज्वलन, तथा स्मृति, रिया, गीता, कविता एवं ज्याेतिद्वारा राष्ट्रिय गानका साथ प्रारम्भ भएकाे कार्यक्रममा आशामाई मन्दिरका अध्यक्ष सेनापति लुण्डले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

लंगआईल्यान्ड नेपाली समाजका अध्यक्ष टीका ढकालकाे सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव राजन गाैलीले संचालन गर्नुभएकाे थियाे ।