-गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

Hollywood Khabar September 25,2021 Comments

अमेरिका, सेप्टेम्बर २५, २०२१

गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार एवं आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी कुल आचार्य र महासचिवका उम्मेदवार डा केशव पौडेललाई अमेरिका क्षेत्रका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरुले पूर्ण समर्थन जनाएका छन्।

आचार्य-पौडेल समुहद्वारा विश्व भरिका गैरआवासीय नेपालीहरुसँग दैनिक अन्तरकृया गर्न सुरु गरिएको खुला डबलिमा शनिबार भेला भएका त्यस क्षेत्रका एनआरएन अगुवाहरुले संगठनको गरिमाको ख्याल गर्दै संसार भरिका नेपालीहरुको भाबनाको प्रतिनिधित्व गरेर विधि र पद्धति अनुसार काम गर्न सुझाव दिए। गैरआवासीय नेपाली नागरिकतालाई मुख्य विषय बनाएर गरिएको अन्तर्कृयामा झन्डै दुई दशकसम्म पनि यो बिषयले कानुनी मान्यता पाउन नसक्नु नेत्रित्वको कमजोरी भएको धेरैको भनाइ रह्यो।

विदेशमा रहेका नेपालीलाई अति आवश्यक नागरिकताको बिषयको टुङ्गो चाँही नलाग्ने तर नेताहरुका ब्याबसायिक योजानाहरु छिट्टै कार्यान्वयन भएको देखिनुले कतै नेत्रित्वको खोट छ कि भनि धेरैले शंका ब्यक्त गरे। बेलायती सेनामा काम गरेका नेपालीहरुको ठुलो संख्या रहेको मुलुकको अध्यक्ष, युरोप संयोजक तथा केन्द्रीय उपाध्यक्ष भैसकेका आचार्यले नागरिकताको बिषयलाई राम्रोसँग बुझेको र बिभिन्न समयमा दबाब र लबिङ गरेको पाएकोले एनआरएन र एनआरएनएको लागि आचार्यले नेत्रित्व लिनु पर्ने कुरा उनीहरुको थियो।

साथै दुइ-दुइ पटक अमेरिकाको अध्यक्ष भएका डा केशव पौडेल र अध्यक्षका प्रत्यासी कुल आचार्यसंग महासचिवको उम्मेदवार हुँदा यो जोडी खुवै मिल्ने कुरा उनीहरुको थियो। यसबाट गैरआवासीय नेपाली नागरिकता र सम्पति सुरक्षाको बिषय टुङ्गोमा पुग्ने कुरामा उनीहरु विश्वस्त थिए। हाल दक्षिण एसियाका ३ देश बाहेक विश्वका ४० देशमा गैरआवासीय नेपाली नागरिकताको नै बिशेष मुद्धाको बिषय रहेको छ।

सोहि कार्यक्रममा संघका अन्तराष्ट्रिय उपाध्यक्ष सोनाम लामाले गैरआवासीय नेपाली नागरिकताको मुद्धा कहाँ सम्म पुग्यो भन्ने जानकारी गराए। त्यसको कानुनि पक्षबारे एनसीसी अमेरिकाका पुर्व अध्यक्ष तथा पुर्व आइसीसी सदस्य खगेन्द्र जिसीले धारणा राखेका थिए।

आइतबार औपचारिक उम्मेद्बारी घोषणा गर्न लागेका आचार्य एबम उपाध्यक्षका उम्मेद्वारहरु एसी शेर्पा, आरके शर्मा, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष एबम महासचिब पदका उम्मेद्वार डा केशव पौडेल, सचिव पदका उम्मेदवार प्रविण गुरुङ, महिला संयोजककी उम्मेदवार जुनु गुरुङ, अन्तराष्ट्रिय युवा संयोजक पदकी उम्मेदवार विमला सापकोटा, क्षेत्रीय संयोजक पदका उम्मेदवार राम पोख्रेल, क्षेत्रीय उपसंयोजक पदका उम्मेदवारहरु माधव दुलाल, राम सुवेदी, सर्वज्ञ वाग्ले लगायतले आचार्य-पौडेललाइ समर्थन गर्दै आफ्नो उम्मेदवरीबारे घोषणा पनि गरेका थिए।

एनआरएन एनसीसी अमेरिका र क्यानाडाका अध्यक्षहरु, उपाध्यक्षहरु, महासचिव, क्षेत्रका सामाजिक अगुवा एवम् एनआरएन अभियन्ताहरुले साथ र समर्थन गर्ने वाचा गर्दै सफलताको शुभकामना दिएका थिए। कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण के सीले गरेका थिए।

Click link below for zoom live :

https://fb.watch/8fqEaXkY6H/

संबन्धित थप चमाचार

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर