-अदालतको फैसलाले पोलिटिकल होमलेस भएका प्रधामन्त्री सहित पूर्व एमाले समूह

अदालतको फैसलाले पोलिटिकल होमलेस भएका प्रधामन्त्री सहित एमाले समूह

Hollywood Khabar March 07,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च ३१, २०२१

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी एकता केन्द्र) मिलाएर बनाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अस्थित्व कानुनि रुपमा नै समाप्त भएको छ।

ऋषि कटेलले दिएको नेपाल कम्युनिष्ट पार्टीको नाम पाउने निवेदनको फैसलामा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाइ पूर्ववत दुइ पार्टी हुने फैसला दियो। तर यस फैसलासँगै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ऋषि कटेलको कम्पनि हुँदा सत्तासिन पार्टीमा विभाजन आयो।

यो फैसलाले नेपाल कम्युनिष्ट पार्टी पूर्व आतंकारी माओवादी पार्टीलाइ त फाइदा नै भयो। उसको आफ्नो पार्टी आफैंले पायो। कार्यालय छ, हैसियत र क्षमताको कदमा बिस्तारै बन्दै जाला। तर पहिलाको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितको एमाले समूह भने पोलिटिकल रुपमा होमलेस जस्तो भएको छ। पार्टीमा विमति, संसदमा अल्पमत र एकीकरणको अन्त।

अब नेपाल कम्युनिष्ट पार्टीमा अधिकार ऋषि कटेलको लाग्छ। यो अवस्थामा कि त उनीसंग पार्टी एकीकरण गर्नुपर्यो र सबैजना घर फर्कनुपर्यो कि भने अर्को पार्टी दर्ता गरेर बाटो लाग्नुपर्यो। भलै यो समयसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्षको रुपमा एमाले पार्टीको सक्रियता बढाएका छन्। त्यसका साथमा उनले आफ्नै खुट्टामा बन्चरो पनि हानेका छन्। त्यसैका कारण मार्च ८, २०२१ मा पेरिसडाँडामा बसेको दाहाल-नेपाल समुहको अन्तिम बैठकले नेपाल समूहलाइ बिदाइ गरेको छ। नेपाल र खनालहरुले एमालेमा नै फर्कने निर्णय गरे।

एमाले पदाधिकारीमा नेपाल समुहले बहुमत देखाए तर पनि अध्यक्ष ओलीले स्थान दिएनन्। उनले केन्द्रिय समिती नै भंग गरे नेपाललाइ घटुवा र पूर्व आतंकारी राम बहादुर थापालाइ बढुवा गरेर दङ्ग परे। त्यसपछि शक्ति प्रदर्शन सुरु भयो। नेपाल समुहले बेग्लै भेला गरेर शक्ति प्रदशन गरे। त्यसबाट ओलीले अर्को अश्त्र फाले र कारबाहीको। त्यसले दुइवटा कुरा ल्यायो। एउटा एमाले फुटको संघारमा पुग्यो, ओली कम्जोर भए भने नेपाल समूह पोलिटिकल होमलेस हुने अवस्था आयो। जे सुकै भए पनि राजनैतिक रुपमा ओलीका लागि माओबादी या अन्य पार्टी भन्दा नेपाल समूह नजिक थिए।

यसपछि नेपाली कम्युनिष्टहरुको राजनैतिक समीकरण भने अझै कठिन हुने देखिन्छ। पहिलो कुरा नेपाल समूह कसरी आउँछन भन्ने कुरामा भरपर्छ। अर्को ओली र नेपाल समूहसँगै जाने अवस्था पनि सहज छैन। फैसला अनुसार नेकपा नाम उनीहरुको नै रहेन ऋषि काटेलको हुनेभयो। संसदमा नेपाल पक्षको समर्थन नलिएर प्रधानमन्त्री केपी ओली टिक्ने अवस्था नै छैन। उता कुरा मिलेरसँगै गएपनि नेकपा एमाले एक्लैले सरकार धान्ने अवस्था त झनै छैन। नेकपा माओवादी एकता केन्द्रले पनि सरकार एक्लै चलाउने अवस्था पटक्कै छैन।यो अर्थमा पूर्व एमाले समूह पोलिटिकल रुपमा होमलेस र नेकपा माओवादी एकता केन्द्र सरकारबाट बाहिर हुने भएको छ।

यो अवस्थामा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतको हैसियत छैन। संसद्मा विश्वासको मत लिने समय आइसक्यो। उनलाई अब अन्य पार्टीको समर्थन लिएर नगएसम्म कुनै दोश्रो विकल्प नै छन्। एकल व्यक्ति सांसदको रुपमा संसदमा विश्वासको मत लिएर फेरि संसद बिघटन गर्ने प्रयासको ढोका खुलेको भएता पनि त्यसपूर्व वर्तमान हैसियतमा विश्वासको मत लिनुपर्छ।

उसै पनि केपी ओली राजनैतिक रुपमा सन्की देखिए। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प जस्तै उनि पनि कन्स्पिरेसी थ्योरीमा अगाडी गए। उनको सन्काहा बुद्दिले कतिदिन सत्ता र पार्टी धान्छ त्यसको कुनै अनुमान छैन। ढिला या चाँडो नेपाल, खनाल, रावलहरुले नयाँ प्रजातान्त्रिक पार्टी बनाउलान त्यसको झाँको भने आउने थालेको छ। तर पनि अबको अगाडी के अवस्था आउँछ त्यसको अनुमान राजनैतिक र कानुनिवृतको पनि आएको छैन।