-Sarala Kadel

आफैले आफूलाई चिन्न नसक्दा

Hollywood Khabar November 30,2019 Comments

सरला कडेल/१२/१/१९

आफैले आफूलाई चिन्न नसक्दा
राम्रो बाटो हेरि हेरि हिड्न नसक्दा
मन भित्रको पिडामा खुल्नै सारोभो
विगतमा टांगिएका सम्झना सुक़्न गार्हो भो
देखाउ भने देख्नै टाटों छैन कहि
लुकाउँदा बिज्छ मन खुल्नै गार्हो भो
रात जान्छ संधैभरी बक्छ आशुको भल
ख़ै यो कस्तो पिडा नदेखिन्छ कुनै रंग
टांगिएका सम्झना सुक़्न गार्हो भो
गल्ति तिम्रो थियो तर गरेनौ हानी
सपना जस्तो लाग्छ नलेखिएको त्यो काहानी!