-साङ्केतिक तस्बिर

आगलागी हुँदा दुई घर जले

Hollywood Khabar November 11,2019 Comments

२७कार्तिक,काठमाडौं।सप्तरीको छुट्टाछुटै स्थानमा आगलागी हुँदा दुई घर जलेका छन्।रुपनी गाउँपालिका–३मा विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।आगलागीमा घरभित्र रहेका सम्पूर्ण सामान जल्दा दुई लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

तेसैगरी सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ।खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा फुसको घर जल्दा ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी सङ्गीताकुमारी यादव बेहोस भएपछि उनको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।