-सम्मानित पत्रकार शिवाकोटी

पत्रकार शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित 

Hollywood Khabar November 14,2019 Comments

२९कार्तिक,काठमाडौं।हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् ।शुक्रबार नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा) द्वारा काठमाडौमा आयोजित एक बिशेष कार्यक्रममा एक हजार डलर र सम्मान पत्रले सिवाकोटीलाई सम्मान गरिएको हो ।

पुरस्कार ग्रहण गर्दै सिवाकोटीले पहिलो पटक पुरस्कृत भएकोमा हर्षित  अझ बढी जिम्मेवारी महसुस भएको भन्दै उपचार  गराउन ढिला हुँदा बिहिवार सिभिल अस्पतालमा ज्यान गुमाएका पत्रकार डिलप्रसाद  शर्माको परिवारलाई पाएको पुरस्कारबाट २५ हजार सहयोग गर्ने घोषणा समेत गरेका छन्।

मानवअधिकारवादी नेता कृष्ण पहाडीको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष तथा इन्जाका सल्लाहकार तारानाथ दाहाल,लेखनकुञ्जका अध्यक्ष कमल ढकाल र कार्यक्रमका सभापति पत्रकार टंक पन्तले आ आफ्ना धारणा राखेका थिए।राजधानीको थापागाउँस्थित लेखनकुञ्जमा इन्जाको नेपाल च्याप्टरले पत्रकार शिवाकोटीलाई एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरेको हो। नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले डेढ दशक भन्दा लामो समय पत्रपत्रिका, रेडियो, तथा टेलिभिजनमा आवद्ध भएर काम गरिसकेका छन् ।