-आलम पूर्पक्षका लागि थुनामा

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश 

Hollywood Khabar November 14,2019 Comments

२९ कात्तिक, काठमाडौं ।इट्टा भट्टामा हालेर जिउदा मानीस जलाएको आरोप लागेका नेपाली कांग्रेसका सांसद मो. अफ्ताव आलमलाई  जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।आलमले२०६४ साल चैत २७ गते भएकाे राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर जलाएको आरोपमा प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो ।