https://www.youtube.com/embed/G4i16GlaHJw

गायक अल्मोडा राना

गायक अल्मोडा राना उप्रेतीसँगै झुमे आश्रमका बालबालिका

Hollywood Khabar October 06,2018 Comments

आइतबार साँझ गायक अल्मोडा राना उप्रेती उर्लाबारी ७ स्थित नमूना बाल गृहमा झुल्के। नमूना बाल गृहका बालबालिकाहरुसँग रमाइलो गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गायक अल्मोडाले आफ्ना केही गीतहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गरे। उनले ‘पानी पर्याे असिना झर्यो’ बोलको गीत प्रस्तुत गर्दा गृहमा आश्रित बालबालिकाहरुले नृत्य गरेर साथ दिएका छन् ।

अल्मोडाले बालबालिकाहरुलाई मनोरञ्जन मात्र दिएनन्, उनीहरुलाई एकछाक खाना पनि खुवाए । स्वम उनी आफै बालबालिकाहरुसँगै बसेर खाना खान पनि खाए। उर्लाबारी क्लबको ब्यवस्थापन तथा गायक अल्मोडा राना उप्रेतीको आयोजनामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नमूना बाल गृहका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले नमूना बाल गृहका बालबालिकाहरु लाई ब्यक्तिगत तर्फबाट खाना तथा शैक्षिक सामाग्री प्रदान गर्ने बताएका छन् ।

यस्तै, बाल गृहका सचिब जीवन घिमिरेले नमूना बाल गृहमा ४६ जना बालबालिकाहरु आश्रित रहेको बताए । सबैको साथ र सहयोगको कारण गृह सञ्चालन भइरहेको जानकारी दिए । कार्यक्रममा सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले नमूना बाल गृहका बालबालिकाको सर्वोत्मक हितमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले बजेट विनियोजन गर्नु पर्नेमा जोड दिए । कार्यक्रम क्लबका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्व एबं संचारकर्मी भानु गिरीको सञ्चालनमा भएको थियो ।