-Saraswati Chaulagain

गीत-देशबाट फर्केर आउँछु म आमा

Hollywood Khabar April 22,2020 Comments

-सरस्वती चौलागाई/मेलम्ची,सिन्धुपाल्चोक/गोकर्णेश्वर-काठमाडौं/४/२३/२०

देशबाट फर्केर आउँछु म आमा

नागरिकको गरेर स–सम्मान

मेरो देशले पठाएमा विमान

देशबाट फर्केर आउँछु म आमा, लक डाउन भाको छ मेरो देश, बस्नेछु नेपालमै क्वारेन्टाइनमा ।

आउँदा बाटा भेट्यो की महामारी

देशले उपचार राख्या छ सामाग्री

देशबाट फर्केर आउँछु म आमा, लक डाउन भाको छ मेरो देश, बस्नेछु नेपालमै क्वारेन्टाइनमा ।

सबै जन रोगबाट बचाउन

भा’को छ रे नेपाल’ा लकडाउन

देशबाट फर्केर आउँछु म आमा, लक डाउन भाको छ मेरो देश, बस्नेछु नेपालमै क्वारेन्टाइनमा ।

केही त गर्छु त्यही भिर पाखामा

बरु मर्छू त्यहीं तिम्रो काँखमा

देशबाट फर्केर आउँछु म आमा, लक डाउन भाको छ मेरो देश, बस्नेछु नेपालमै क्वारेन्टाइनमा ।

आफ्नै देशको खाइ पिठो र पानी

मानी देशकै नीतिगत फरमानी