Hollywoodkhabar advertisement

कोरोना र आमा

-Chetnath Kanel

-चेतनाथ कणेल-हरित/चैत ३०, २०७६ आइतवार

कसले सोचेको थियो ?
कसले चिताएको थियो ?
एउटा राक्षसी महारोग
एउटा यमराजे महादूत
कोरोनाको नाम लिएर आउँनेछ
विश्वलाई त्राहिमाम पार्नेछ !

वुहानलाई चिहान बनायो
चीनलाई धुरुधुरु रुवायो
हेर्दाहेर्दै,
इटाली, अमेरिका, स्पेन, फ्रान्स, बेलायत
कुन देशको मात्र नाम लिऔं ?
कुन सहरको मात्र कुरा गरौं ?
वितण्डाको जालो सर्वत्र फिाजिएको छ
कहरको कालो सर्वत्र पोखिएको छ
सबै कुरा नसोचेको र नचिताएकै भएको छ आमा
सबै कुरा कल्पनाहीन र सपनाहीन बनेको छ आमा !

आमा,
यो समय
आफ्नैको याद बढी आउँदो रहेछ
आफ्नैको आश बढी लाग्दो रहेछ
लाग्छ, आँगनमा कोरोना छ, संघारमा कोरोना छ
हामी अन्तिम दिन गन्न बाध्य छौं
हामी आफ्नो आयु केलाउन बाध्य छौं,
कि,
जानै परे पनि
एकपटक आमाको काखमा बसेर जान हुन्थ्यो
हार्नै परे पनि
एकपटक आमाको काखमा रमेर हार्न हुन्थ्यो !

आमा भन्नु सबैभन्दा महान कुरा रहेछ
आमा भन्नु संसारकै सर्वोत्कृष्टता रहेछ
र,
आमाकी पनि आमा
महान मातृभूमि
सर्वश्व रहिछन् दुनियाँमा
महान जन्मभूमि–
स्वर्गभन्दा पनि महास्वर्ग रहिछन् दुनियाामा !!

-छत्रकोट ४, श्रृङ्गा, गुल्मी, हाल: नयााबानेश्वर, काठमाडौं ३१

ADVERTISEMENT-----